Responsive Ad Slot

latest

काठमाडौंको भत्केकोपुलस्थित एक घरमा बन्धक बनाइएका छ महिला र चार बालबालिकाको उद्दार I

Sunday, April 22

/ by Admin BHOLA THAPA

वविता पोख्रेल,
 १० बैशाख काठमान्डौ ।  काठमाडौंको भत्केको पुलस्थित एक घरमा प्रहरीले छापा मारेको छ। गएराति करीब नौ बजे छापा मारी प्रहरीले सो घरमा बन्धक बनाइएका छ महिला र चार बालबालिकाको उद्दार गरेको छ। वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा बन्ध बनाइएको प्रहरीले जनाएको छ। १७ देखि ४२ बर्षसम्मका महिलालाई एउटै कोठामा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । 

प्रहरीका अनुसार भारत भारत हुँदै कतार र कुवेत पठाइदिने भन्दै दलालहरुले उनीहरुलाई १५ दिनदेखि बन्दक बनाएर राखेका थिए। पक्राउ परेका मध्ये कसैको पनि राहदानी नभएको र गोप्य रुपमा राखिएकाले ती महिलालाई रोजगारीका नाममा भारतमा ब्किी गर्न लागिएको हुनसक्ने प्रहरीले आसंका गरेको छ । बन्धक बनाइएकी उर्मिला परियारले शुक्रबार भागेर प्रहरीलाई खबर गरेकी थिइन्। 

विदेश लाने भन्दै झुलाइरहेको र भारत हुँदै अन्य देश पठाइदिने बताएपछि बेच्नका लागि लैजान लागिएको संका लागेपछि भागेर प्रहरीलाई खबर गरेको परियारले बताइन् । प्रहरीले छापा मारी दलला ग्रगा लिम्बुलाई पक्राउ गरेको छ। दलालीमा संलग्न प्रमुख अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ । 

सो घरमा छापा मारी गीता थापा, मनकुमारी लिम्बू, इनद्रमाया दमाई, चण्डिका सेढाई, उर्मिला परियार लगायतलाई प्रहरीले बन्धक मुक्त गराएको हो
Don't Miss
© all rights reserved
made with by netKUTI