नारायण सापकोटा
६ बैशाख चितबन । श्रम तथा यातायात ब्यबस्था मन्त्रालय बैदेशिक रोजगार प्रर्बद्धन कार्यालयको सचिवलायले आज चितवनबाट बैदेशिक सचेतनाुमलक सडक नाटक शुरु गरेको छ । बिदेश जांदा नेपालकै एयरपोर्ट प्रयोग गरौ र बिदेश जांदा प्रयोग गरिएका कागज पत्र एकप्रति घरमा पनि राखौ भन्ने मुलनाराका साथ आज नारायणगढको पुल्चोकमा सचेतनामुलक सडक नाटक प्रस्तुत गर्दे नाटकको कार्यक्रम शुरु भएको हो ।
बिदेश जांदा नक्कली कागजात बनाउने र भारतको एयरपोर्ट प्रयोग गर्दा बिदेशमा पर्ने असुबिद्यामा नेपाल सरकारले केही गर्न नसक्ने हुंदा सक्कली कागजात बनाई घरमा पनि एकप्रति रँख्न नाटक मार्फत प्रस्तुत गरिएको छ ।
पछिल्लो समय भारतबाट नेपाली महिलाहरु बिदेश जाने क्रम बढेसंगै यस्ता महिलाहरु बढी पिडीत र ठगिने भन्दै सचतनाका लागि यो अभियान शुरु गरिएको हो ।
आजबाट शुरु भएको सचेतनामुलक नाटक बिरगंज,पथलैया कलैयामा पनि प्रस्तुत गरिने नाटकका निर्देशम उद्धव राज भटटराइृले जानकारी दिनुभयो । नाटकको संयोजन हेल्पिङ हेण्ड एडभटाईजिङ काठमाण्डौले गरेको छ ।