काठमाडौं २० चैत्र । गत १७ गते सुक्रबार हातहतियार ओसार-पसार र लागूपदार्थको कारोबारको आरोपमा पक्राउ परेका सुमन भूजेल र धनबहादुर माझीकी श्रीमातीहरुले आफूहरुको श्रीमानलाई छोड्नका लागि १० लाख घुस मागेको आरोप लगाएका छन् ।
सोमबार रिपोर्र्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै सुमन भूजेलकी श्रीमती राधा भूजेल र धनबहादुर माझीकी श्रीमति राममाया माझीले आपनो श्रीमानहरुलाई प्रहरीले पक्राउ गरी काठमाडौंकै एक होटलमा दुइ दिन राखेर हातहतिया र लागूपदार्थ अगाडि राखी जबर्जस्ती हाम्रो हो भन्न लगाएर खाली कागजमा सही गर्न लगाएर फसाएको आरोप लगाईन ।
उनले आपना निर्दोष श्रीमानहरुलाई तत्काल छोड्नका लागि १० लाख रुपैयाँ डिएसपी आभूषण तिमिल्सिनाले घुस मागेको आरोप समेत पत्रकारसम्मेलनमा लगाईन ।
पत्रकार सम्मेलनमा उनले भनिन- हाम्रो श्रीमानहरुलाई डन रमेश पौडेल (बाहुन) को सहयोगी भएको आरोप लगाउँदै राती ८ बजे कपनबाट पक्राउ गरी निर्दोषलाई दोषी सावित गर्न हातहतिया, लागूपदार्थ, रक्त चन्दन तस्करी जस्ता आपराधिक काममा फर्साईएको हो, हामी र हाम्रा श्रीमानहरुले डन रमेश पौडेल (बाहुन) लाई चिन्दैनौं तत्कालै हाम्रा श्रीमानलाई नछोडे हामीलगायत बालबच्चाको पनि पालन पोषणको जिम्मा पुलिसले लिनुपर्छ ।
आफूहरु बालुवा गिटीको काम गर्ने र श्रीमानहरु आफूहरुले तयार पारेको बालुवा गिटीको ठेकेदारीको काम गरी जिवीकोपार्जन गर्दै आएको उल्लेख गर्दै आफ्ना निर्दोष श्रीमानहरुलाई तत्काल नछोडे आन्दोलन गर्ने चेतावनी दिए ।