कपिल ज्ञवाली
११ बैसाख बुटवल । छैठौं लोकतन्त्र दिबसको अबसरमा पर्याबरण बिकास केन्द्र नेपालले आज बुटवलमा ६२—६३को जनआन्दोलनका उपलब्धि तथा चुनौती बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले सरकारले ईतिहास भुल्दै गएकोमा खेद प्रकट गरे । सहभागिले लोकतन्त्र दिबसमा सार्बजनिक बिदा दिन सरकार आनाकानी गरेको भन्दै दोश्रो जनआन्दोलनको मागहरु कुल्चदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

केन्द्रका उपाध्यक्ष जगदिश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल जेसिजका कानुनी सल्लाहकार गणेश चन्द्र पोखरेलले तानाशाह राजा भन्दा अहिलेका राजनैतिक दलहरु बढि तानाशाह बनेको आरोप लगाउनुभयो ।केन्द्रका सचिब बिनोद घिमिरेको संचालनमा भएको कार्यक्रममा नेबिसंघका प्रकाश घिमिरे,नबिन पन्थ,निराजन ज्ञवाली लगायतले बोल्दै यूवाहरुले राजनैतिक दलहरुलाई संबिधान निर्माणमा केन्द्रित गराउन दबाब दिनुपर्ने बताएका थिए ।