८ वैशाख काठमाडौ - राजधानीको चावहिलस्थित पशुपति क्याम्पसमा बिहीबार
अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच भएको झडपको घट्नलाई लिएर शुक्रबार
बिहान विभिन्न क्याम्पस अगाडि दुवै संगठनले प्रदर्शन गरेको छ । घट्नाको
बिरोध गर्दै कतै नेविसंघले त कतै अनेरास्ववियुले प्रदर्शन गरेका गरेको हो
।
नेविसंघले त्रिचन्द्र,पशुपति, आरआर, सरस्वती, अमृत लगायत अनेकौं क्याम्पस
अगाडि गरेको प्रदर्शनले राजधानीको ट्राफिक बिहान केही बेर अ
स्तव्यस्त
रह्यो । बिहान ९ देखि १० बजेसम्म विद्यार्थीको प्रदर्शनका कारण ट्राफिक
व्यवस्थापनमा कठिनाई भएको महानगरी प्रहरी आयुक्त कार्यालयका प्रवक्ता
डिएसपी धिरजप्रताप सिंहले बताए । उनका अनुसार चावहिलस्थित पशुपति क्याम्पस
अगाडि भने विद्यार्थीहरुले प्रदर्शन जारी राखेकाले त्यहाँ साढे १० सम्म
यातायात सुचारु हुन सकेको छैन ।
चावहिलमा परराष्ट्र मन्त्रालयको एउटा कारमा तोडफोड तथा अर्को एउटा सरकारी
मोटरसाइकलमा आगजनी गरिएको छ । प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
घट्नाका दोषीहरुलाई पक्राउ नगरिएसम्म धर्ना दिने भन्दै चावहीलमा बाटो
अबरोध गरेर बसेका नेवि संघका कार्यकर्तालाई प्रहरी हस्तक्षेप गरी हटाइएको
छ ।
नेविसंघले आफ्नो कार्यक्रममा हतियारसहित आएर अनेरास्ववियुले आक्रमण गरेको
आरोप लगाएको छ । उता, अनेरास्ववियुले भने नेविसंघको आक्रमणको आफूहरुले
प्रतिकार गरेको जनाएको छ ।ekantipur