Responsive Ad Slot

latest

साउदी अरबले नेपाललाई रू.१० अरब दिने I

Monday, April 2

/ by Admin BHOLA THAPA
नेपाली दूतावास, रियाद  २ अप्रिल २०१२- साउदी अरबले नेपालमा जलबिद्युत, सिंचाई, प्राविधिक तालिम लगायतका परियोजनाहरूका लागि १२५ मिलियन अमेरीकी डलर रू १० अरब बराबर० दिने भएको छ । साउदी बिकास कोषबाट सहुलियत ऋणका रूपमा नेपाललाई दिन लागिएको यो रकम उक्त कोषबाट सिधै लगानी हुनसक्नेछ र र या नेपाल सरकार तथा अन्य दात्री संस्थाहरूसंगको साझेदारीमा पनि उक्त रकमको परिचालन गर्न सकिनेछ । अब दुबै पक्षले परियोजनाहरूको बिस्तृत खाका तयार पारी छिटै नै कार्यान्वयनमा जानेछन ।

नेपालका माननीय अर्थ राज्य मन्त्री हरिराज खेवा लिम्बु, अर्थ सचिव कृष्णहरी बास्कोटा, अर्थ मन्त्रालयकै उपसचिव कैलाश राज पोखरेल साथै साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेय तथा दूतावासका अधिकृतज्युहरू सम्मिलित नेपाली प्रतिनिधि मण्डलको साउदी बिकास कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक माननीय युशुफ इब्राहिम अल बसामसंगको भेटवार्ता पश्चात यस्तो सहमती बनेको हो ।

अर्थ राज्यमन्त्रीज्युले हालै भएको नेपालका अर्थमन्त्री बर्षमान पुनज्युको भ्रमणको स्मरण गर्दै साउदी कोषबाट नेपालको आर्थिक बिकासमा भएको निरन्तर सहयोगको सराहना गर्दै भावी दिनहरूमा नेपालका बिभिन्न परियोजनाहरूमा थप सहयोगको आवश्यक्तामा जोड दिनुभएको थियो । उक्त भेटमा साउदी बिकास कोषबाट हाल सञ्चालित परियाजनाहरूको प्रगति समिक्षा पनि गरिएको थियो । Source : http://www.nrnaksa.org/?p=8805
Don't Miss
© all rights reserved
made with by netKUTI