तनहुँ १९ चैत । आज हुने गणित विषयको पश्नपत्रको फोटोकपि बजारमा भेटिएपछि आज तनहुँका सरकारी विद्यालयमा संचालित कक्षा ८ को जिल्ला स्तरीय परिक्षा स्थगित भएको छ । गत शनिबार नै बजारमा गणित विषयको प्रश्नपत्रको फोटोकपि फेला परेपछि आजको परिक्षा स्थगित गरिएको जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले बताउनुभयो ।
जिल्ला परिक्षा समन्वय समितीले आज स्थगित गरेको गणित विषयको परिक्षा चैत २६ गतेलाई सारेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार देखि सुरु भएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा जिल्लाका २ सय ८ विद्यालयमा अध्ययनरत ७ हजार ५ सय ९६ विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।