Responsive Ad Slot

latest

जेष्ठ १४ भित्र जनमुखि संविधान बनाएरै छाड्छौ : मन्त्री विष्ट I

Friday, April 20

/ by Admin BHOLA THAPA

धर्मिन्द्रा शाह
८ बैशाख  सुर्खेत । नेपालको अर्थतन्त्रको विकासका लागि चलचित्र र पर्यटनको समायोजन गरि अगाडि लैजानुपर्ने पर्यटन तथा संस्कृति मन्त्री लोेकेन्द्र विष्टमगरले बताएका छन ।शुक्रवार देखि सुर्खेतको वीरेन्द्रनगरमा शुरुभएको राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन ।अबको नेपाली चलचित्रको क्रान्ति कला र गला मात्र नभइ युवा पुस्तालाइ सम्बद्ध गराएर युवा जगतमा चेतनामुलक सन्देश दिनेमा उनले जोड दिए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विष्टमगरले नेपालको राजनितिक भाषण भन्दा कला र संस्कृतिले छुट्टै खालको पहिचान, आनन्द दिने र गित संगीतबाट समाज रुपान्तरणमा टेवा पुगेको बताए । अबको आउँदा पिडीतले पुरानो कला र संस्कृतिलाइ आत्मसाथ गर्दै नयाँ कला र संगितको विकास गर्नुपर्ने उनको भनाइ थियो । अर्को प्रसंगमा मन्त्री विष्टमगरले आउदो जेष्ठ १४ भित्र जनमुखि संविधान बनाएरै छाड्ने प्रष्ट पारे । यसैगरि शान्ती तथा पुर्ननिर्माण मन्त्रि सत्या पहाडीले नेपाली चलचित्रको विकासका लागि शान्ती र मेलमिलाव आवश्यक रहेकाले पहिला देशमा तोकिएको समयमा संविधान बन्नुपर्ने बनताएका छन ।

चलचित्र क्षेत्र मनोरञ्जनको माध्यममा प्रस्तुत नभएर समाजमा चेतनामुलक अभिव्यक्तिहरु कला र संगितको माध्ययमबाट फैलाएमा समाजको ऐना बन्ने मन्त्रि विष्टले जानकारी गाराए ।  यस्तै पर्यटकिय विकासका लागि चलचित्र महोत्सवले अतुलनिय योगदान पुर्याउने चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले विचार व्यक्त गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु भुवन केसी, रेखा थापा, जिवन लुइटेल, राजेन्द्र खड्की, सुमिना घिमिरे, दिपक लिम्बु, जुना प्रसाइ, कल्पना शाही, निता ढुङगानाको उपस्थिति रहेको छ ।

यस्तै माण्डवी त्रिपाठी, राजबल्लब कोइराला, शैलेश आचार्य, अनु शाहा, शम्भुजित बास्कोटा, विमल पौडेल, चेतन शाप्कोटा, लक्ष्मण शेस लगायतको उपस्थिीति रहेको छ ।

कार्यक्रममा राष्ट्रियस्तरका कलाकारद्धारा विभिन्न गित, नृत्य, हाँस्य व्यङय प्रस्तुतिका साथै स्थानिय लोक नृत्य, झ्याउरे, तप्पा लगायतको प्रस्तुतिले दर्शकहरुलाइ नचाएका थिए ।कार्यक्रम पर्सिसम्म जारी रहेने मुल आयोजक समितीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI