महेश्वर नेपाल,
काभे बैशाख १५ गते । गत माघ २८ गते साउदी अरेबीयाको एक जेलमा आत्महत्या गरेका चण्डेनी ७ काभ्रेका २७ वर्षिया चन्द्र बहादुर तमा¨को शव नेपाल नआउँदा परिवारले थप पिडा भोग्नु परेको छ ।
सुपरभाइजरको कचकच सहन नसके पछि उनी कम्पनी मालीकलाई भेटन जाँदै गर्दा बाटोमा बर्क परमिट (अक्कामा) नभएको भन्दै प्रहरीले बाटैबाट पक्राउ गरेको साउदी स्थित गैरआवासिय नेपाली सघंले जनाएको थियो । चन्द्रले जेलमा रहेको बाथरुमको पाइपमा गन्जीको पासोलगाएर आत्महत्या गरेका थिए ।
‘जे हुनु भईहाल्यो सम्बन्धीत निकायले चासो देखाइदिएर लास नेपाल झिकाई दिए देखि यहाँ गर्नुपर्ने संस्कार गर्न पाइन्थ्यो’ – मृतक चन्द्रबहादुरका पिता शम्शेर बहादुरले भने ।
२०६७माघ १८ गते एसओएस म्यानपावरका एजेन्ट हर्क कार्कीलाई ८०हजार रुपैयाँ तिरेर साहयक कुक कामका लागी त्यता गएका उनी हेल्पर काम गरेर बसेका थिए ।
‘मासिक ६ सय रियाल कमाई हुने र ८ घण्टा मात्रैकाम गर्नु पर्ने र त्यो भन्दा बढि काम गरे ओभर टाईम हुने भन्दै एजेन्टले पठाएपनि १८ घण्टा सम्म काम गर्नु परेको र मुस्कीलले ५ सय रियलमात्रै तलब थाप्नु परेको गुनासो गर्नु हुन्थ्योे – उनकी श्रीमती सरस्वती तमा¨ले भनिन ।
‘छोरो बिदेश जाँदा लागेको ऋण समेत तिरी सकेको छैन, के गरि तिर्ने हो ? बर्ष दिन खेती ग¥यो खान पुग्दैन, कमाउन हिँडेको छोरो उतै बित्यो’, – गह भरि आँशु पार्दै शम्शेर बहादुर तामा¨ले भने “घरमा मात्रै बसेर केहि हुदैन घरतिर हेरचाह गर्ने भाईहरु छदंै छन ।” २०६७ साल माघ १८ गते साउदिअरब उडनु अघी चन्द्रबहादुर तामा¨ले आफ्ना बाबु आमालाई सम्झाउँदै भनेका थिए ।
डोको डालो बुनेर घर परिवार धान्ने शम्शेर बहादुरको दैनिकी आज भोली बैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय लगायतका निकाय धाउने रुटिन बनेको छ ।
‘मलाई छोप्ने रोग (छारे रोग) लाग्यो कहिले काँहिं एकदम बिरामी हुन्छु, मलाई नेपाल झिकाइदिनु प¥यो’ भन्दै २०६८ साल माघ ७ गते दिउसो श्रीमतीलाई चन्द्र बहादुरले फोन गरेका थिए ।
श्रीमानलाई नेपाल झिकाउन माघ १५, गते १८ महिनाको छोरी बोकेर ससुरा सम्शेर बहादुरका साथ काठमाण्डौं आएकी सरस्वतीलाई म्यानपावरले भोली आउनु भन्दै पठाएको थियो ।
मृतकका बाबुका अनुसार भोली पल्ट अर्थात माघ १६ गते म्यानपावरले आफ्नो मान्छे झिकाउने हो भने घरमा समस्या परेको देखाउँदै कम्पनिमा फ्याक्स गर्न भनेका थिए ।
‘हामीले कति पटक साउदी कम्पनीमा फ्याक्स गर्न खोज्यौं तर फ्याक्स गएन, एजेन्ट कार्कीले उल्टो नम्वर दिएछ’ – श्रीमती सरस्वतीले भनिन म्यानपावरको हाकीमलाई भेटेर कुरा गर्छौं भन्दा समेत एजेन्टले भेटन दिएन ।
मृतक ५ दाजु भाई मध्यका जेठा हुन भने, उनी १८महिने छोरीका पिता समेत हुन । चन्द्रको मृत्यु माघ २८ गते भएको थियो । उनको घर परिवारले फागुन १ गते मात्रै थाह पाएका थिए भने चन्द्रलाई पठाउने म्यानपावरले २ फागुनमा मात्रै थाह पाएको सरस्वतीले बताइन ।