Responsive Ad Slot

latest

नेपाल प्रवासी तामाङ समाजकतारद्धारा गायकद्धयलाई सम्मान I

Tuesday, April 17

/ by Admin BHOLA THAPA
प्रेम स्याङतान तामाङ 
दोहा /कतार नेपाल प्रवासी तामाङ समाज कतारले साउथ एशियन स्टार गायक अशुसेन लामा प्रमाणपत्र सहित खादा ओढाई गत शुक्रवार सम्मान गरेका थिए भने साथै गायक डिजराज पौडेललाई पनि खादा ओढाई सम्मान गरेका थिए । समाजका अध्यक्ष शंखलाल तामाङको सभापत्विमा सो सम्पन्न सम्मान कार्यक्रममा समाजका प्रमुख सल्लाहकार सुक वहादुर तामाङ, लामा गुरु थर्चा लामा, सल्लाहकार तथा अन्तर्राट्रिय कोर्डिनेटर विनेश तामाङ, सल्लाहकार आशमान तामाङ, नयाँ बर्षको कार्यक्रम संयोजक विशाल लामा, अमृत लामा, समाजसेवी तथा ब्यवसायी भिम घले, एनआरएनएनसीसी खेलकुद संयोजक प्रमुख कालमान वाईवा तामाङ, लगायत समाजका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

 कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य प्रेम तामाङले गरेका थिए ।
न्यु संघर्ष म्युजिकल ब्यण्डका कलाकारहरु विशाल लामा, अमृत लामा र प्रकाश थपलियाले यि दुवै गायकलाई नयाँ वर्षका संतिगीक कार्यक्रमका लागि दोहा सम्म ल्याएर आ आफ्ना चर्चित गीतहरु दोहावासी नेपालीहरु सामू राख्न पाउने बातावारण प्रदान गरेका थिए । नेपाल प्रवासी तामाङ समाज कतारले दोहामा कार्यक्रममका लागि आएका तामाङ कलाकारहरुलाई भेटघाट तथा सम्मान कार्य गर्दे आईरहेका छन् । सोही अवसरमा समाजले अशुसेन लामालाई पनि सम्मान गरेका हुन् । गायक डिजराज पौडेल सिन्धुली जिल्ला दुधौली ८,लदभीरका बासिन्द हुन भने अशुसेन लामा बालुवाटार काठमाण्डौका हुन् उनका पुख्र्यौली भने दोलाख हो । 

सो सम्मान कार्यक्रममा परिचात्यमक कार्यक्रम गर्नुका साथै शुभकामना मन्तब्य राख्नेहरुमा समाजका प्रमुख सल्लाहकार सुक वहादुर तामाङ र लामा गुरु थर्चा लामाले कलाकार भनेको राष्ट्रको गहना भएको बताए । गायकद्धयालाई कला क्षेत्रमा अझ सशक्त भएर अगाडी बढन् सुझाव दिए । 

त्यसैगरी गायकद्धयले पनि आफ्ना मन्तब्यमा राखेका थिए । गायक डिजराज पौडेलले दोहा आएर यसरी धेरै नेपालीहरुसँग भेटघाट गर्न पाउँदा नेपालमा नै रहेको जस्तो अनुभव लागेको बताए । सम्मान पाएकोमा खुशी ब्यक्त गर्दे यो सम्मानले संगितीक क्षेत्रमा अझ सशक्त भएर लाग्नको लागि कर्तब्य बोधका साथै अघि बढनको लागि दिएको प्रेरणा मिल्ने गायक अशुसेन लामाले बताए । 

यो सम्मानले थप जिम्मेवारी दिएको र आउँदो दिनहरुमा यो जिम्मेवारीलाई पुरा गर्न तर्फ आपूm लाग्ने बताए । सभापति शंख लाल तामाङले कार्यक्रम उपस्थित सम्पूर्णलाइै धन्यवाद दिंदै गायकद्धयलाई नववर्षको शुभकामाना दिंदै दुवैको गायन यात्रा सफलताको कामना गरेका थिए । कार्यक्रम संचालन समाजका महासचिव माइला वाईवाले गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI