Responsive Ad Slot

latest

यस हप्ता कतारवासी तमूहरुको गतिविधि (फोटो फिचर सहित) I

Monday, April 16

/ by Admin BHOLA THAPA

विल गुरुङ
४ बैशाख दोहा, कतार ।  गत १३ अप्रील शुक्रवारका दिन कतारवासी तमूहरु निकै व्यस्त रेहेको पाईयो । कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ । अध्यक्ष बिमल तमूको सभापतित्वमा सम्पन्न ति विभिन्न कार्यक्रमहरुको प्रमुख अतिथिको रुपमा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू थिए । महासचिव खेम तमूद्वारा सञ्चालित कार्यक्रमको विशेष अतिथिमा निर्देशक सल्लाहकार बुधबल तमू थिए भने अतिथिहरुमा सल्लाहकारहरु बिलबहादुर तमू, जगन तमू, लक्ष्मीकुमार तमू, रसबहादुर तमू, टकप्रसाद तमू, मदन तमू र उल्लेख्य मात्रामा कतारवासी तमू तमूस्योहरुको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमः
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिका पदाधिकारी तथा खेलाडीहरु सम्मानित भएका छन् । कतार भलिबल एशोसियसनको आयोजनामा कतारमा कार्यरत आप्रवासी समुदाय विच भर्खरै सम्पन्न भएको कम्यूनिटिज लिग भलिबल प्रतियोगितामा नेपाली टीम फाईनल पुगेको थियो । उक्त प्रतियोगितामा नेपाली टीमले दोश्रो स्थान प्राप्त गरेको थियो । नेपाली टीमको टीम म्यानेजरदेखि अधिकतम अफिसियल र खेलाडीहरु तमू खेलकुद समितिमा आबद्ध व्यक्तित्वहरु थिए । स्मरण रहोस उक्त नेपाली टीममा टीम म्यानेजरको भुमिकामा तमू खेलकुद समितिका निवर्तमान अध्यक्ष बुद्ध तमू थिए ।

प्रवासमा रहेर नेपाल र नेपालीको मान सम्मान बढाउन उल्लेख्य भुमिका खेलेका खेलाडीहरु तथा खेल पदाधिकारीहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । समितिको तर्फबाट प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुबाट सम्मानपत्र वितरण गरिएको थियो । त्यसरी सम्मानित हुनु हुने नेपाली टीमका खेलाडीहरुः क्याप्टेनः भिमबहादुर तमू, खेलाडीहरुमा क्रमशः मेखबहादुर तमू, शुनिल नेपाली, नारायणप्रसाद थनेत थारु, सुरज लुईटेल र सन्तोष बि.क. थिए । नेपाली टीम व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुः टीम म्यानेजरः बुद्ध तमू, सहायक कोचः मदन तमू, ट्रेनरः राम तमू, मेडीकेयरः कर्णबहादुर तमू (कमल), सदस्यहरुमा क्रमशः कृष्ण तमू, प्रेमबहादुर तमू र पुर्ण तमू थिए ।

आफनो जागीरको समयबाट बचेको समयलाई सदुपयोग गर्दै नेपाल र नेपालीको मान सम्मान बढाउने कार्य गरेको तमू खेलकुद समिति कतारका अध्यक्ष मदन तमू र निवर्तमान अध्यक्ष बुद्ध तमूलाई मूल समितिको तर्फबाट प्रोत्साहन स्वरुप भलिबल र नेट एक एक थान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कतारवासी तमूहरुले जातिय उत्थानमा उल्लेख्य कार्य गर्दै आएको सर्व विदितै छ र त्यसमा पनि राष्ट्रकै प्रतिनिधित्व गर्नु र गर्वीलो सफलता हात पार्नु अत्यन्त खुसीको कुरा भएको बक्ताहरुले बताएका थिए । विशेषतः उक्त सफलतामा तमू खेलकुद समितिको सकृय सहभागिता रहेकोले संस्थागत उपस्थिति प्रति पनि चासो राख्नु पर्ने विषय औंल्याईको थियो । आगामी दिनमा पनि यस्तै गर्व गर्न लायक कार्यहरु सफलता पुर्वक सम्पन्न गर्न शुभकामना पनि व्यक्त गरिएको थियो । त्यसरी आफनो मन्तव्य राख्नु हुनेहरुमा प्रमुख अतिथि अमृत तमू, विशेष अतिथि बुधबल तमू, अध्यक्ष तथा कार्यक्रमका सभापति बिमल तमू आदि थिए ।



गजबहादुर तमूलाई आर्थिक सहयोगः
जिल्ला स्याङजा, सिर्सेकोट गाविस वडा नं.३ निवासी गजबहादुर तमूको दुबै हात र दुबै खुट्टाको उपचारको लागि समितिले आर्थिक सहयोग गरेको छ । गजबहादुर गुरुङको दुबै हात र दुबै खुट्टा जलेर काम नगर्ने भए पछि उपचारको लागि मणीपाल अस्पताल पोखरा लगिएको थियो । मणीपालमा उपचार हुन नसके पछि अस्पतालले काठमाण्डौ रिफर ग¥यो र अहिले काठमाण्डौ स्थित शिक्ष्ँण्ँ अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । दुखको कुरा अस्पतालले प्रारम्भिक परिक्षण पछि हात र खुट्टाका नसाहरु सुकेर काम नगर्ने भएकोले हात र खुट्टाका औंलाहरु काट्नु पर्ने बताएको छ । गजबहादुर तमूको उपचारको लागि केही राहत होस भनि समितिले संकलन गरेको कतारी रियल ९ सय ५४ महिला विभागकी अध्यक्ष टौमाया तमूस्योलाई अध्यक्ष बिमल तमूले हस्तान्तरण गरेका छन् । स्मरण रहोस टौमाया तमूस्यो गजबहादुर तमूका छिमेकी हुन ।

तमू चलचित्र रिमैं मयूमैं सैं (यूवा यूवतीको मन) प्रदर्शनः
तमूहरुको ऐतिहासीक बस्ती कास्की जिल्लाको सिक्लेस र ताङतिङ गाउ“संग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई समेटेर निर्माण गरिएको रिमैं मयूमैं सैं (यूवा यूवतीको मन) नामक तमू (गुरुङ) भाषाको कथानक चलचित्र प्रदर्शन भएको छ । विशेष गरि चैते दशैंको मेला र मेला भर्न आएका यूवा यूवतीहरुको विच स्थापित हुने सम्बन्ध लगायत सो भेकको तमू समुदायमा भए गरेका घटना परि घटना समेटीएको उक्त चलचित्र राम्रै बनेको छ । कर्णप्रीय गीतहरु समेटीएको यस चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको गीत संगीत रहेको छ । मुञ्तजा स्थिति मनकामना नेपाली कला केन्द्रको हलमा प्रदर्शन गरिएको उक्त कार्यक्रबाट समितिलाई प्राप्त हुने सबै आम्दानी पोखराका कवि तिर्थ तमूको मृगौला रोगको उपचारको लागि प्रदान गरिने बताईएको छ । चलचित्रका एक जना निर्माता पामबहादुर तमू कतारमा कार्यरत छन र उनैसंग समितिले एक सम्झौता गरि चलचित्र प्रदर्शनको व्यवस्था गरेको थियो ।

तमू बौद्ध सेवा समितिको विशेष साधारणसभाः
कतारवासी तमूहरुलाई एकताबद्ध बनाउदै अझ ससक्त र उदाहरणीय तमू संस्थाको रुपमा स्थापित गर्न जरुरी ठानिएकोले तमू बौद्ध सेवा समितिको विशेष साधारण सभा यहि आउने मे १८ तारिख शुक्रवारका दिन आयोजना गरिने भएको छ । तमू बौद्ध सेवा समिति विशुद्ध जातिय संस्था भए तापनि यसले विभिन्न उदाहरणीय सामाजिक र सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कसैबाट छिपेको छैन । तमूहरुको स्वपहिचानलाई प्रवासमा रहेर पनि संरक्षण, सम्बर्धन र विकास गर्नको लागि तमूहरु विचको एकता अपरिहार्य विषय हो । त्यसै विषयलाई केन्द्र बिन्दुमा राखेर यो विशेष साधारणसभाको आयोजना गरिन लागेको बताईएको छ । गत शुक्रवारका दिन बसेको समितिको पुर्ण बैठकले विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणसभामा प्रस्तुत गर्नको लागि सल्लाहकार बिलबहादुर तमूको संयोजकत्वमा ५ सदस्यिय विधान संसोधन मस्यौदा तयारी समिति पनि गठन गरेको छ । यस समितिका सदस्यहरुमा क्रमशः सल्लाहकार जगन तमू, महासचिव खेम तमू, सदस्य रसबहादुर तमू र शान तमू रहेका छन् ।





Don't Miss
© all rights reserved
made with by netKUTI