Responsive Ad Slot

latest

मतदान सकियो गणना आईतबार, तीन प्यानल चुनावि मैदानमा I

Saturday, April 21

/ by Admin BHOLA THAPA
धर्मिन्द्रा शाह ,
९ बैशाख धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीको नयाा कार्य समितीको लागी शनिवार मतदान सम्पन्न भएको छ । कार्य समितिका लागि तीन प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।  उद्योग वाणिज्य सँघको परिसरमा शनिवार बिहान ८ बजेदेखि शुरु भएको मतदान साझ करिव ७ बजेतिर सकिएको थियो । निर्वाचन संयोजक सुरेन्द्र चन्दका अनुसार ६ हजार २७ मतदाता रहेकोमा ३ हजार ९ सय ६१ मत खसेका छन ।   मत गणना आइतवार बिहान ८ बजेदेखि मात्र शुरु हुने उनले बताए ।

मतदानका क्रममा सुरक्षाब्यवस्था कडा पारिएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सयभन्दा बढी जवान परिचालन भएका थिए ।

ब्यापारीहरुले चर्को घाममा करिब ३ ,४ घण्टा लाइन बसेर मतदान गरेका थिए ।
चर्को घाममा ३ ,४ घण्टा सम्म लाइनमा बस्नुपर्ने र ३ ,४ घण्टा लाइनमा वसेर पनि मतदाता नामावलीमा नाम फरक परेका कारण कतिपय ब्यापारी भने मत नहाली फर्केका थिए ।

अध्यक्ष पदका उम्मेदवारमा अहिलेका वरिष्ठ उपाध्यक्ष गजेन्द्रविर चन्द, महासचिव मोहन शर्मा र अर्का उपाध्यक्ष कर्ण कुँवर रहेका छन । तीनै अध्यक्षका उम्मेदवार १८ जनाको कार्यसमितीको लागी प्यानल सहित चुनावी मैदानमा उत्रेका छन ।

यसै गरि  कैलालीको टीकापुरमा सांस्कृतिक रक्षा दौड सम्पन्न, कर्णाली उच्च मावि सत्तीका सोमबहादुर चौधरी प्रथम  कैलालीको टीकापुरमा सांस्कृतिक रक्षा दौड सम्पन्न भएको छ । हिन्दु संस्कृति एबं सभ्यताको संरक्षण र स्थायी शान्तिका लागि भएको दौडमा कर्णाली उच्च मावि सत्तीका सोमबहादुर चौधरी प्रथम, राष्ट्रिय मावि नारायणपुर बेलुकाका प्रबल चलाउने द्धितिय, सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरका ईश्वर खड्का तृतीय र दिपेन्द्र मल्ल सान्तवना भएका छन् भने महिलामा राष्ट्रिय मावि मनिकापुरकी पुजा रावल प्रथम, सितापुरकी पशुपति साउंद द्धितीय भएका छिन् ।

योगाश्रमको कार्यालय ब्लक नम्बर १८ बाट शुरु भएको दौड प्रतियोगिता विरेन्द्र विद्या मन्दिर, कान्छिबजार, गुम्बा रोड, मुनुवा रोडहुदै पुनः कार्यालयमा आएर सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथमलाई ५ हजार, द्धितियलाई ३ हजार तृतियलाई २ हजार र सान्तवनालाई १ हजार तथा महिलालाई सान्तवना स्वरुप प्रथमलाई १ हजार र द्धितीयलाई ५ सय पुरस्कार प्रदान गरिएको छ ।

हिन्दु स्वयमसेबक संघ नेपालका सेती अचंल सम्पर्क प्रमुख नारायणप्रशाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी भारत गाजियावाद महानगरका दमयन्ती गोयलले हिन्दु स“स्कृती महान रहेको र यो प्रकृतीस“ग गासिएको बताएका छन् ।

उनले भारतीय र नेपाली व्यक्ती फरक भएता पनि सबैको आत्मा एउटै रहेको र हरेक भारती पशुपतीनाथको दर्शन गर्ने गरेको र नेपालीले भारतको पवित्र गंगामा डुबुल्की मार्ने इच्छा रहेका र गाई गंगा, गायत्री हिन्दु स“स्कृतीमा महान रहेको बताए ।

टीकापुरको झण्झटपुर गाउंलाई खुला दिशामुक्त क्षेत्र घोषणा


धर्मिन्द्रा शाह  ९ बैशाख  टीकापुर - टीकापुर नगरपालिका वडा नं. ७ झण्झटपुर गाउंलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी टीकापुर नगरपालिकाका प्रशासकिय अधिकृत रञ्जु आचार्यले ब्यानर अनावरण गरेर खुला दिशामुक्त क्षेत्र घोषणा गरेका थिए । शिवगंगा र चन्द्रसूर्य टोल विकास संस्थाको आयोजना र स्वस्थ परियोजना टीकापुरको सहयोगमा गरिएको कार्यक्रम शिवगंगा टोल विकास संस्थाका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा भएको हो । कार्यक्रममा मोहन थापा, नयांराम टमट्टा, लक्ष्मी भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विनोद चौधरीले चार लाख २७ हजार ४ सय ५० रुपैयाको लागतमा झण्झटपुरमा नल्का, चर्फी र फिल्टर निर्माण सम्पन्न गरिएको जानकारी दिएका थिए ।

मानव एकता दिवसको अवसर पारेर टीकापुरमा रक्तदान  सन्तनिरंकारी मण्डल टीकापुर शाखाले मानव एकता दिवसको अवसर पारेर शनिबार टीकापुरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सन्तनिरंकारी मण्डल नेपालका प्रभारी नरबहादुर रावलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका कोषाध्यक्ष बलबहादुर रावल,नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका कोषाध्यक्ष धर्मराज शर्मा, लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

सन्तनिरंकारी मण्डलले २४ अप्रेललाई मानव एकता दिवसको रुपमा मनाउदै आएको छ । ३ दिन अघिबाट विभिन्न कार्यक्रम गरी मानव एकता दिवस मनाउन लागिएको सन्तनिरंकारी मण्डलका प्रभारी नरबहादुर रावलले बताए । रावलले शनिबार नेपालका विभिन्न १५ मण्डलमा एकै साथ रक्तदान कार्यक्रम राखिएको समेत जानकारी दिए । सन्तनिरकारी मण्डलले रगत नालीमा हैन नाडीमा बगाऔं भन्ने सन्देश लिएर रक्तदान गर्ने गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI