पवन पौडेल,
२९ चैत दमौली । सद्भावना पार्टि तनहुँले दमौलीमा आगामी वैशाख १० र ११ गते गण्डकी र धौलागिरी अन्चल स्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । आज बसेको पार्टिको जिल्ला कार्यसमितिको बैठकले प्रशिक्षणका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको पार्टिका केन्द्रिय सदस्य नरेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
पार्टिका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि पार्टिका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई बोलाउने समेत निर्णय गरेको छ । पार्टिले देशव्यापी रुपमा संगठन विस्तारको काम शुरु गरेको केन्द्रिय सदस्य वाग्लेले बताउनुभयो ।