तनहुँ २४ चैत ।
तनहुँ सेवा समाज दोहा कतारले छाङ–८ निवासी नरबहादुर थापालाई उपचार खर्च स्वरुप राहत रकम शुक्रबार हस्तान्तरण गरेको छ । लामो समयसम्म कतारमा रोजगारी गरी घाँटीको क्यान्सर भएर घर फर्केका थापालाई उपचार खर्च स्वरुप समाजले ४३ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको हो । कतार र दोहामा बस्दै आएका तनहुँवासीबाट रकम संकलन गरी पीडित थापालाई रकम हस्तान्तरण गरिएको समाजका सदस्य कविराज श्रेष्ठले बताए ।
समाजले घरेलु कामदारको भीषामा कतार पुगेर मेडिकल फेल भई फर्केकी मनपाङ–२ निवासी माया नेपालीलाई समेत राहत स्वरुप १७ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेको छ । समाजले दोहा कतारमा काम गर्ने सिलसिलामा विरामी परेमा समाजले सहयोग गर्दै आएको समाजका अध्यक्ष निमलाल कुमालले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत टिकाराम बराल, एकीकृत नेकपा माओवाददीका जिल्ला सल्लाहकार हिरा कुमाल, निशान विक, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष श्रीकुमार श्रेष्ठ, समाजका सदस्य सुरज नेपाली लगायतले समाजले पु¥याएको योगदानको चर्चा गरेका थिए ।