माक्स वितरण कार्यक्रम सम्पन फोटो फिचर सहित ।
वविता पोखरेल
काठमाडौँ, बैसाख १८ गते । आज काठमाडौँमा ‘मानवताका लागि शान्ति र संस्कृति’ (Peace and Culture for Humanity -PACH Nepal ) (Health for All कार्यक्रमअन्तर्गत पुतलीसडक, कमलादी र बागबजार क्षेत्रका करिव १५० जना जति सडक मजदुरहरूलाई माक्स वितरण गरी मजदुर दिवस मनाइयो ।माक्सले पनि वायु प्रदूषणकाबाट बच्न सहयोग पुर्याउने भएकाले सडक मजदुरहरूलाई माक्स वितरण गरिएको हो । माक्सको प्रयोगबाट पनि प्रदूषणकाबाट संक्रमित हुनबाट बच्ने भएकाले माक्स लिने सडक मजदुरहरूघुइँचो लागेको थियो ।अन्तर्राष्टिय मजदुर दिवसको उपलक्ष्यमा नामक संस्थाले पहिलो चरणमा सबैका लागि स्वास्थ्य ज्भबतिज नेपाल विश्व वायु प्रदूषणका दृष्टिकोणले तेस्रो मुलुक हो । नेपालमा मजदुर वर्गका श्रमिकहरुको अत्यधिक बसोबास रहेको छ । मजदुर दिवसको अवसर पारेर मजदुरहरुको स्वास्थ्य सुधारको कामनाका साथ यस संस्थाले माक्स वितरण गरेको हो ।
‘मानवताका लागि शान्ति र संस्कृति’ भन्ने मुल नाराका साथ संस्था दुई वर्षअगाडिस्थापना भएको संस्था हो । वृद्धवृद्धाहरुलाई खाना, कपडा तथा औषधी वितरण गरेर दुई वर्षअघि स्थापना भएर हालसम्म यो संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष प्रितम खड्काले संस्थाका गतिविधि तथा यस कार्यक्रमका बारेमा जानकारी दिँदै काठमाडौँ तथा सिंगो नेपालमा अधिकांश मजदुर तथा निम्न वर्गीय मानिसहरुको बसोबास रहेको तथा स्वास्थ्यका बारेमा समेत जनचेतनाको अभाव रहेकाले संकेतात्मक रुपमा आफ्नो स्वास्थ्य प्रति सचेत रहनु पर्छ तथा स्वास्थ रहनका लागि प्रदूषणबाट बच्नु पर्छ भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको बताउनुभयो । यस संस्थाले यसै क्रार्यक्रमअन्तर्गत काठमाडौँका अन्य विभिन्न स्थानमा कार्यरत एक हजार मजदुरहरुलाई माक्र्स वितरण गर्ने भएको छ ।
माक्स वितरण कार्यक्रम सम्पन फोटो फिचर सहित ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com