५ वैशाख, रौतहट ।
एसएलसीमा खेताला लगाउने एकीकृत नेकपा माओवादीका सभासद् प्रेमबहादुर पुलामी धरौटीमा छुटेका छन् । मंगलबार जिल्ला अदालत रौतहटमा उपस्थित भएका सभासद् लामा २ हजार ५ सय रूपैयाँ धरौटी बुझाएर छुटेका हुन् । सभासद पुलामीले आफ्नो सट्टामा सालो साहित्य लामालाई एसएलसी परिक्षा दिन लगाएको रहस्य खुलेपछि उनीहरु दुवैमाथि मुद्दा चलिरहेको छ । उनको नामबाट परिक्षा दिँदै गरेका साहित्यलाई प्रहरीले चैत १५ गते रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति उमाविबाट पक्राउ गरेपछि दुवैविरुद्ध मुद्दा दायर गरिएको थियो । साहित्य भने यसअघि नै त्यतिनै धरौटी बुझाएर छुटीसकेका छन् । पुलामी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित माओवादी सभासद हुन् ।