२८ चैत, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ ।कोलकत्ताले मंगलबार भएको आफ्नो तेस्रो खेलमा बेङ्ग्लोर रोयल च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनायो ।उसका लागि गौतम गाम्भीरले ६४ रन बनाए भने मनभिन्दरले ४६ र ज्याक कालिसले २२ रन जोड्न बाहेक अन्य व्याट्स म्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।जवाफमा मैदान उत्रिएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २३ बनाउन सक्यो ।