२८ चैत, चितवन । चितवनमा मंगलवार विहान चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । चितवनको विकट गाविस लोथरमा हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर लोथर-९, की ७० वर्षीया हरिमाया चेपाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । चटयाङ लागेर उनका दुई नाति पनि घाइते भएका छन् ।