Responsive Ad Slot

latest

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Thursday, April 12

/ by Anonymous

३० चैत, काठमाण्डौ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बिहीबार साँझ सवा ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले शान्ति प्रक्रिया, संविधान लेखन र आर्थिक समृद्धि लगायतका विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । शान्ति प्रक्रियाको मुख्य पाटोका रुपमा रहेकेा सेनासमायोजनको कार्य शुरु भएको, हतियार र लडाकू नेपाली सेनाको मातहतमा आएपछि उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने सम्बोधन कार्यक्रममा उहाँले नयाँ बर्षको शुभकामना सहित शान्ति प्रक्रिया टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेकोले संविधान निर्माणका सम्पूर्णदलहरुको ध्यान केन्द्रित गदै तोकिएकै समयमा संधिवान जारी गर्न आग्रह गर्नुहुने छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI