५ बैशाख, काठमाडौं । फ्रेण्ड्स क्लब राजधानीमा जारी बि्रटिस गोर्खा कप फुटकलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा न्यूरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रेण्ड्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको १८ औं मिनेटमा लक्की कार्कीको गोलबाट अग्रता लिएको फ्रेण्ड्सका लागि ३१ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गरे । खेलको ४८ औं मिनेटमा एनआरटीका सुशील केसीले गोल गर्दै अग्रता २-१ मा झारेपनि हार टार्न सकेनन् । खेलको अन्तिम मिनेटमा दुबै टिममा एक-एक खेलाडीले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो ।