सत्तारुढ दलहरु छलफलमा
१८ बैशाख, काठमाण्डौ । अहिलेको गठबन्धनलाई
निरन्तरता दिने बारेमा छलफल गर्न माओवादी र मधेशी मोर्चा बीचको बैठक अहिले
बसिरहेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा जारी बैठकमा बर्तमान
गठबन्धनलाईनै निरन्तरता दिने बारेमा छलफल भईरहेको प्रधानमन्त्रीको नीजि
सचिवालयले जनाएको छ ।
मोर्चा सहित शीर्ष तीन दलको बैठकमा सहमति सरकार गठनको बारेमा छलफल भएपछि सक्तारुढ गठबन्धनको समान धारणा तयार पार्न बैठक बसेको हो ।
माओवादी र मधेशी मोर्चाका नेताहरुले
बर्तमान सरकारलाई नै सहमतिय सरकार बनाउन प्रस्ताव गरेका छन् भने काँग्रेस र
एमालेले नयाँ सरकार बनाउनुपर्ने अडा राखेका छन् ।
संधिवानका विवादित विषयमा सहमति जुटाउनपनि
बैठकमा छलफल गरिने नेताहरुले जानकारी दिएका छन् । माओवादी र मोर्चाको बैठक
सकिए लगत्तै आजै मध्यान्ह मोर्चा सहितको शीर्ष दलको बैठक बस्ने छ ।