प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष२०६८-०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूको जिल्ला भ्रमणमा एक करोड ३२ लाख रुपैयाँ खर्च भएको जनाएको छ । सो कार्यालयद्वारा र्सार्वजनिक गरिएको प्रतिवेदनमा सबैभन्दा बढी जिल्ला भ्रमण खर्च स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले गर्नुभएको देखाइएको छ । उहाँले २०६८ फागुन ४ गतेसम्ममा रु. ६ लाख दुइ हजार ५८० बुझनुभएको छ ।
मन्त्रिपरिषद्का सदस्यहरूले जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमण खर्च लिने गरेको कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद्का ४६ मन्त्रीले यस्तो भ्रमणभत्ता लिनुभएको छ । सो कार्यालयका अनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार, पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख, मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार, मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार, मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार र मन्त्री वर्षान पुनले रु. १ लाख ७७ हजार बुझनुभएको छ ।
मन्त्रीहरू दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार, महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार, लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार, गोपाल किरातीले रु. ४ लाख ६१ हजार, भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार, रामकुमार यादवले रु.१ लाख र अनिलकुमार झाले रु. ५ लाख ६४ हजार लिनुभएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यस्तै, मन्त्रीहरू वृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार, हेमराज तातेडले रु.४७ हजार, कमला रोक्काले रु. १ लाख ५० हजार, राजलाल यादवले रु.३ लाख १७ हजार, मुहम्मद वकील मुसलमानले रु. ६७ हजार, दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार, कल्पना धमलाले रु. १ लाख ५५ हजार र सत्य पहाडीले रु. ३ लाख ८८ हजार बुझनु भएको छ ।
पूर्वमन्त्री नन्दनकुमार दत्तले रु.५ लाख र सरिता गिरीले रु. ६३ हजार भ्रमण खर्च लिनुभएको छ । त्यस्तै, राज्यमन्त्रीहरू खोभारी रायले रु. २ लाख ५९ हजार, राम बचन यादवले रु.१ लाख ७५ हजार, सरोज कुमार यादवले रु.७९ हजार, दिलीप महर्जनले रु. २ लाख ८३ हजार र विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार बुझनुभएको छ । कार्यालयका अनुसार राज्यमन्त्रीहरू सूर्यमान दोङले रु. ३२ हजार, लीला भण्डारीले रु. ३ लाख १९ हजार, गोपी अछामीले रु. ४ लाख, घनश्याम यादवले रु. ४ लाख १८ हजार, ज्वालाकुमारी साहले रु. ८७ हजार, सुष्मा शर्माले रु. ४४ हजार, हरिराज खेवाले रु. ४ लाख ४५ हजार, सुनिताकुमारी महतोले रु. ८४ हजार तथा भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार लिनुभएको छ ।
त्यस्तै, राज्यमन्त्रीहरू लक्ष्मण महतोले रु. ९७ हजार, दुर्गा देवी महतोले रु. ८४ हजार, काशीदेवी झाले रु. ६६ हजार इश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार, अरविन्द साहले रु. ३ लाख ४७ हजार, रमणी रामले रु. २७ हजार, सुरिताकुमारी साहले रु. २ लाख ३० हजार र ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार बुझनुभएको छ । चालु आर्थिक वर्षै कायम रहेको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषद्का सदस्यले रु. २४ लाख ७९ हजार भ्रमण खर्च लिएको पनि मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । रासस
You might also like: