युवराज श्रेष्ठ,
लमजुङ बैशाख १७ गते । लमजुङको गौँडा ८ डाँडाथोक स्थित सत्यदेवी आमा समूहको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । आमा समूहले गाउँमा चन्दा उठाएर भवन निर्माण गरेका हुन् । गाउँमा विभिन्न चार्डपर्व एवं अन्य समयमा नाचगान गरेर उठाएको ८ लाख ५० हजार रुपैयाँको लागतमा भवनको निर्माण गरिएको हो ।
भवन निर्माण भएपछि आमा समूहलाई बैठक बस्न र विभिन्न कार्यक्रम संचालन गर्न सजिलो भएको छ । यसैवीच, गौँडा गाविसका बालबालिका गाउँमा शौचालय बनाउन जुटिरहेका छन् ।
गाउँघरलाई सफा राख्नका लागि उनीहरुले गाविस भित्र १३ वटा र्सार्वजनिक शौचालय बनाउन लागेका हुन् । गाविसले लक्षित वर्गको बजेटबाट बालबालिकालाई यस बर्ष१ लाख ११ हजार रुपैयाँ बिनियोजन गरेको थियो ।