२९ चैत, काठमाण्डौ । माओवादी शिविरमा रहेका लडाकु र हतियारलाई सेनाको जिम्मा लगाएको विरोधमा माओवादीको मोहन बैद्य पक्षले आन्दोलनको तयारी गरको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार १० बजे देखि ११ बजे सम्म देशव्यापी आम हड्ताल गर्ने बैद्य पक्षले जनाएको छ । सरकार गरेकेा निर्णयको विरोध गदै बैद्य पक्षले साँझ देशभर मसाल जुलुस निकाल्ने भएको छ । सस्थापन पक्षले आत्मसमर्पण गरेकेा भन्दै बैद्य पक्षका नेताहरुले यसको विरोध गर्न आफ्ना कार्यकर्तालाई आग्रह समेत गरेका छन । मंगलबार साँझ मोहन बैद्य र रामबहादुर थापाले एक संयुक्त विज्ञप्ति जारी गरि अग्रगामी परिवर्तन चाहाने गणतन्त्रबादी आम नागरिकलाई खबरदारी सहित विरोधमा उत्रन माग गरेका छन । आन्दोलनका कार्यक्रम क्रमशः थप्दै लैजाने पनि बैद्य पक्षले जनाएको छ ।