कांग्रेस सभासद परियार कुटिइन
२६ चैत, उपयपुर । नेपाली कांग्रेसका सभासद् लक्ष्मी परियारलाई युवाहरूको एक समूहले आइतबार बिहान आक्रमण गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-८ बगाहास्थित सालघारी चौकमा बिहान ५ बजेतिर युवगाहरुको समूहले आक्रमण गरेको हो । ना२ख ५०७२ नम्बरको परेली यातायातमा काठमाडौँबाट गाईघाट आउँदै गर्नुभएकी सभासद् परियारलाई एउटै बसमा चढेर आएका राजन मगरको आठ/नौ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । आफ्नो कान्छा भाई सन्दिप टेलरसँग वादविवाद गरेपछि छुट्याउन गएका परियारमाथि कुटपिट भएको थियो । आफ्नो भाइलाई कुट्न थालेपछि बचाउन खोज्दा आफूलाई पनि आक्रमण भएको सभासद् परियारले बताउनुभयो । सन्दिप राजविराजस्थित घरेलु कार्यालयका लेखापाल हुन् । सभासद् परियारलाई कुटपिट गर्ने समूहको पहिचान भइसकेकोले तत्काल पक्राउ गरी कारबाही गरिने उदयपुरका प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सभासद् परियार क्षेत्र नम्बर १ उदयपुरको क्षेत्रीय सम्मेलनमा भाग लिन उदयपुर आउनुभएको थियो ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com