Responsive Ad Slot

latest

छतबाट फ्यालेर गिरीले पौडेलको हत्या गरे

Wednesday, April 11

/ by Anonymous

२९ चैत, झापा । झापाका पत्रकार यादब पौडेलको हत्यामा विर्तामोडका व्यवसायी युवराज गिरी, पुर्वाञ्चल सेकुवा कर्नरका सञ्चालक सोम ढकाल र मन्जु ढकाललाई प्रहरीले बुधबार विहान सार्वजनिक गरेको छ । प्रहरीले तयार पारेको प्रारम्भिक प्रतिबेदन सार्वजनकि गदै २१ गते राती उक्त घरको छतमा पौडेल, गिरी र मञ्जु ढकाल रहेकोमा पौडेल र गिरीबीच विवाद भएको र गिरीले पौडेललाई धकेलेपछि उनको मृत्युको प्रत्यक्षदर्शी मञ्जु ढकालले बयान दिएकी छन । पौडेललाई तीन तला माथिबाट झारिएको थियो । अञ्चल प्रहरी कार्यालय झापामा प्रतिबेदन सार्वजनिक गर्दै प्रहरीले अभियुक्त गिरीले उक्त घटना हुनुभन्दा केहि समय अघि मदन राईलाई फोन गरेको भएकाले राईको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी राखेको जानकारी दिएको छ । गत २१ गते राती पत्रकार यादब पौडेलको हत्या भएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI