केही अन्योल, अस्थिरता र निराशलाग्दो अवस्थाबाट शुरु भएको २०६८ आफ्नो अन्तिम क्षणमा भने केही आशाको संकेत छोड्दै बिदा हुने क्रममा छ । अघिल्लो वर्षजस्तै २०६८ मा पनि संविधान बन्न सकेन । तर यही वर्षमा सर्वोच्च अदालतले संविधानसभाको म्याद थप गर्ने बाटो बन्द गरिदिएपछि नयाँ वर्षले नयाँ संविधान दिनसक्ने आशा चाहिं २०६८ ले दिएको छ ।
२०६७ मा जस्तै २०६८ मा पनि शान्ति प्रकृया टुंग्याएर संविधान बनाउने प्रयास भए । सरकारले जनतालाई सुशासन र राहत कार्यक्रमको घोषणा गर्यो । भ्रष्टाचार, कालोबजारी, तस्करी र अनियमितता रोक्ने प्रयास पनि भए । तर सबै कुरा नारामा मात्रै सीमित भए । व्यवहारमा देखिएनन् । तर भ्रष्टाचारीमाथि भएको कार्वाहीले भने यो वर्ष केही उत्साह थप्ने काम गरेको छ ।
पेट्रोलियम पदार्थमा पटकपटक भएको मूल्यबृद्धिले जनतालाई निराश र आक्रोशित बनायो । २०६८ सालको शुरुमा रहेको झलनाथ खनाल र त्यसपछि बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पटकपटक अवरोध गर्ने भयो । खनालले भन्दा बढ्दा भट्टराईले आफ्नै पार्टीको अवरोध भोग्नुपरेको छ ।
यसवर्ष संसद र न्यायपालिकाबीच आआफ्नो कार्यक्षेत्रलाई लिएर विवाद र बहस पनि निकै भए । सत्ताको हानथापले पार्टीभित्र आन्तरिक किचलो र फुटको स्थिति पनि ल्यायो ।
पार्टीभित्र र बाहिरबाट जतिसुकै अवरोध भएपनि भट्टराई नेतृत्वको सरकारले केही जनप्रीय कार्यक्रमको प्रयास गरेको छ । त्यस्ता कार्यक्रमले चर्चासँगै जनताको मन थोरै भएपनि जित्न सफल रहे । वर्षको अन्त्यमा माओवादीको संस्थापन पक्ष र प्रधानमन्त्रीको प्रयासमा शान्ति प्रकृया महत्वपूर्ण खुड्किलोमा पुग्न सफल भएको छ ।
२०६८ सालका महत्वपूर्ण केही घटना
बैशाख
· नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री झलनाथ खनालले चियापान समारोह आयोजना गर्नुभयो । तर एमालेकै बरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीले बहिष्कार गर्नुभयो ।
· भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले नेपालको तीनदिने भ्रमणमा राजधानी आउनुभयो । आठ वर्षदेखि अवरुद्ध भुटानी शरणार्थी समस्या समाधानको लागि वार्ता प्रकृया पुनः शुरु गर्ने सहमति भयो ।
· सद्भावना आनन्दीदेवीका नेता श्यामसुन्दर गुप्ताको सभासद् पद खारेज भयो ।
· रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा सभासदहरु गायत्री साह र बिपी यादव पक्राउ परे ।
· नागरिकतामा विवाद आएपछि अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजीनामा दिए ।
· माओवादी केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच्ाण्ड’को शान्ति र संविधानको कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन पारित गर्यो । उपाध्यक्ष किरणद्वारा नोट अफ डिसेन्ट ।
· सिन्धुली र डोटीमा भएका बस दुर्घटना ३६ जनाको मृत्यु भयो ।
· शिव गाउँलेको नेतृत्वमा नेपाल पत्रकार महासङ्घको नयाँ कार्यसमिति निर्वाचित भयो ।
· प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश खिलराज रेग्मी नियुक्त हुनुभयो ।
· सगरमाथा आरोहणको क्रममा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन भयो ।
जेठ
· एकीकृत नेकपा माओवादी नेपाली स्ोनाको प्रस्तावअनुसार लडाकु समायोजन गर्न सहमत, उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षद्वारा नोट अफ डिसेन्ट प्रस्तुत ।
· मधेसी जनाधिकार फोरममा चौथोपटक फुट आयो । जेपी गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिकको जन्म भयो
· माओवादी नेताहरूको दोहोरो सुरक्षा प्रणालीको अन्त्य भयो ।
· अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटला प्रकरणमा २९ करोड भ्रष्टाचार गरेको भन्दै तीन पूर्व प्रहरी महानिरक्षकसहित ३४ प्रहरी अधिकृत र दुई ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।
असार
· ३ गतेदेखि १३ गतेसम्म एघारौँ राष्ट्रिय जनगणनाको काम भयो ।
· रातो पासपोर्ट दुरुपयोगको अभियोगमा नेकपा एमालेका सभासद् नारदमुनि राना पव|mाउ परे ।
· अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट प्रस्तुत गर्नुभयो । बजेट बीचमै सार्वजनिक भएको भन्दै व्यापक बिरोध भयो ।
साउन
· सरकारी कर्मचारीको लागि पोशाकको व्यवस्था ।
· राजेन्द्र महतो नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीमा फूट ।
· पार्टीले सिफारिस गरेका नयाँ अनुहारलाई शपथ नगराएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मन्त्रीहरूको सामूहिक राजीनामा प्रधानमन्त्री झलनाथ खनाल समक्ष पेश गर्नुभयो । त्यसपछि प्रधानमन्त्रीबाट खनालले राजीनामा दिनुभयो ।
· सार्वजनिक ठाउँमा धूमपान गर्न निषेध गर्ने ऐन लागू भयो ।
· सभासद् केशवप्रसाद मैनाली र राजकुमार लिम्बूको सभासद् पद खारेज भयो ।
भदौ
· एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई मुलुकको ३५औँ प्रधानमन्त्रीमा निर्वाचित ।
· सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद थपविरुद्ध परेको रिट खारेज।
· नेपाल वायुसेवा नियगमा तत्कालीन महाप्रबन्धक रामाज्ञाप्रसाद चतुर्वेदीले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतद्वारा डेढ वर्ष कैद र डेढ करोड जरिवाना गर्ने फैसला ।
अशोज
· ९० सालयताकै सबैभन्दा ठूलो भूकम्प । आठजनाको मृत्यु, एक सयभ्ान्दा बढी घाइते, दुई हजारभन्दा बढी घर लगायतका भौतिक संरचना क्षति ।
· सिन्धुलीबाट काठमाडौँ आउँदै गरेको बस सुनकोसीमा खस्दा ४२ को मृत्यु । यस्तै म्याग्दीको बाबियाचौरमा मिनीबस दुर्घटना हुँदा १३ को मृत्यु ।
· बुद्ध एयरको जहाज ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा विमानमा सवार सबै १९ को मृत्यु ।
· जनगणना २०६८ को प्रारम्भिक प्रतिवेदन अनुसार नेपालको जनसफ््या दुई करोड ६६ लाख २० हजार आठ सय नौ ।
· प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा रेडियो नेपालमा प्रत्यक्ष संवाद कार्यव|mममार्फत जनगुनासो सुन्ने काम सुरु।
· कवि केवलपुरे किसान र वरिष्ठ वाम बुद्धिजीवी तथा समालोचक गोविन्द भट्टको निधन ।
· हत्या अभियोग लागेका भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहद्वारा राजीनामा ।
कात्तिक
· नेपाली सेनाको विमान बाग्लुङको बोबाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ।
· प्रधानमन्त्रीको भारत भ्रमण । बिप्पा, २५ करोड डलर ऋण र औद्योगिक लगानी प्रबर्धन तथा संरक्षण सम्बन्धी सम्झौतामा नेपाल र भारतबीच हस्ताक्षर ।
· नक्कली भ्याट बिल बनाई राजस्व ठगी गर्ने ४३७ व्यापारिक र्फमको सूची सार्वजनिक ।
· प्रमुख तीन दल र संयुक्त मधेसी मोर्चाबीच शान्ति प्रकृया टुङ्ग््याउने विषयमा सातबुँदे सहमतिमा हस्ताक्षर । ६ हजार पाँच सयसम्म माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने सहमति । सहमतिप्रति माओवादी बैद्य पक्षको बिरोध ।
· सर्वोच्च अदालतद्वारा सद्भावना पार्टी आनन्दीदेवीका श्यामसुन्दर गुप्ताको संविधानसभा सदस्य पद बदर गर्ने पूर्व निर्णय खारेज ।
· प्रधानमन्त्री डा. बाबुराम भट्टराईदर्वारा इतिहासकै सबैभन्दा ठूलो ४९ सदस्ययी सरकार गठन ।
मंसिर
· माओवादी लडाकुको पुनर्वर्गीकरणको कार्य सातवटै मुख्य शिविरमा शुरु ।
· माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता अभियान शुरु ।
· राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोग गठन ।
· सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद अन्तिमपटक थप गर्न आदेश, यसपछि संविधान नबने संविधानसभा स्वतः विघटन हुने फैसला । अन्तरिम संविधानलाई एघारौँपटक संशोधन गरी संविधानसभाको म्याद पुनः ६ महिना थप ।
· माओवादी लडाकुको पुनःवर्गीकरण काम शुरु ।
· लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक घोषणा।
· संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, युएनएचसीआरको म्याद समाप्त।
· सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री, पूर्वराजपरिवार तथा पूर्वमन्त्रीहरूले राज्यकोषबाट लिएका सबै सुविधा अवैध ठहर गरी खारेज ।
· उच्चस्तरीय सूचना प्रविधि आयोग खारेज।
· पुसको पहिलो हप्ता हुने भनिएको चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण कार्यव|mम स्थगित ।
पुस
· साहित्यकार दैवज्ञराज न्यौपानेको निधन ।
· सर्वोच्च अदालतद्वारा मधेसीलाई समूहगत रूपमा सेनामा भर्ना गर्ने कार्य रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी ।
· संविधानसभाको म्याद अन्तिमपटक थप गर्न सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री र संविधानसभाका अध्यक्षद्वारा सर्वोच्च अदातलमा निवेदन । सर्वोच्च अदालतद्वारा निवेदन दरपीठ ।
· थप ३७ नगरपालिका घोषणा ।
· मधेसी जनअधिकार फोरमद्वारा भट्टराई सरकारलाई दिएको समर्थन फिर्ता ।
· लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक उद्घाटन ।
· चिनियाँ प्रधानमन्त्री वेन जिआबाओद्वारा एकदिवसीय नेपाल भ्रमण, नेपाललाई ७५ करोड डलर सहयोग गर्ने लगायत आठबुँदे सम्झौता र सहमति ।
माघ
· व्यापारी अपहरण गरेको अभियोगमा पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ता पव|mाउ ।
· माओवादी जनसत्ताले गरेका निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश ।
· नेपाली सेनाले ६ हजार पाँच सय माओवादी लडाकुलाई मेजर पदसम्म दिने गरी कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस।
· सुडान घोटला प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले तीन पूर्व प्रहरी प्रमुख र दुई ठेकेदारलाई कैद सजाय र जरिवाना । ३१ प्रहरी अधिकारीलाई सफाइ ।
फागुन
· सरकारले प्रजातन्त्र दिवसको अवसरमा औपचारिक कार्यक्रम नगरेकोमा सर्वत्र विरोध ।
· सर्वोच्च अदालतद्वारा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद र एक करोड ६८ लाख जरिवाना । गुप्ताको मन्त्री पद स्वतः खारेज । डिल्लीबजार सदरखोर चलान ।
· दाङका ७२ वषर्ीय चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति घोषित ।
· छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिमको धनगढीमा ।
· राजधानी स्थित नेपाल आयल निगमको गेटमा शक्तिशाली बम विस्फोटमा तीन जनाको मृत्यु, सातजना घाइते ।
· कालीमाटी फलफूल तथा तरकारी बजारमा भएको आगलागीमा ६ जनाको मृत्यु । ३ सय ६८ स्टल जलेर नष्ट । करोडौंको क्षति ।
· पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टमगर भिसाविना जर्मनी जाने व|mममा अवुधावी विमानस्थलमा ४८ घन्टा नियन्त्रणमा ।
· नेपालमा पहिलोपटक एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता ।
चैत
· माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल सहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड दिने सरकारको निर्णय । चौतर्फी बिरोधपछि रकम नलिने घोषणा । चन्दा उठाएर टोली सगरमाथातिर ।
· माओवादीको वैद्य पक्षद्वारा भट्टराई सरकारलाई राष्ट्रघाती भन्दै पार्टी नेतृत्व र सरकार बिरुद्ध आन्दोलनको घोषणा । बिभिन्न साना पार्टीसित मोर्चाबन्दी ।
· प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा श्रममन्त्री सरिता गिरी र कृषिमन्त्री नन्दनकुमार दत्त बर्खास्त । गिरीको ठाउँमा एम.एस. थापा नियुक्त । खाली रहेको सञ्चार र कृषि मन्त्रीमा पनि नियुक्त गरि मन्त्रिपरिषद फेरि ४९ सदस्यीय नै ।
· प्रधानमन्त्री र सभामुखले संविधानसभाको म्यादबारे दिएको निवेदन दरपीठलाई सर्वोच्चद्वारा सदर । ०६९ जेठ १४ मा संविधानसभाको म्याद स्वत समाप्त हुने ।
· सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गर्ने तीन प्रमुख दलको बैठकमा सैद्धान्तिक सहमति ।
· भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतद्वारा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोरालाई डेढ वर्ष जेल र ५४ लाख रुपियाँ जरिवानाको फैसला । पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई चाहिं सफाई ।
· झापाका पत्रकार यादव पौडेलको हत्या ।
· मुख्य तीन दलका शीर्ष नेताहरु सहित बसेको बिशेष समिति बैठकद्वारा माओवादी लडाकु, शिविर र हतियार सेनालाई बुझाउने निर्णय । सबै लडाकु शिविरमा सेना तैनाथ । हतियार र लडाकु सेनाको जिम्मामा । माओवादी बैद्य पक्षद्वारा बिरोध ।
· शान्ति प्रकृयामा सन्तोषजनक प्रगतिसँगै संविधान निर्माण प्रकृया सहज । जेठ १४ मा संविधान बन्ने अपेक्षा ।