२८ चैत, जनकपुरधाम । राष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रक्रियाले गति लिइसकेको भन्दै तोकिएको समयमा संविधान बन्ने बताउनु भएको छ । मंगलबारबाट जनकपुरमा सुरु भएको अन्तराष्ट्रिय मैथिली नाट्य महोत्सवको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले शान्ति प्रक्रिया पूरा भई तोकिएको समयमा लोकतान्त्रिक संविधान बन्नेमा ढुक्न हुन आग्रह गर्नु भएको छ ।
यसअघि सम्मेलनको उद्घाटन गर्दै यादवले भाषा, सभ्यता र इतिहासको संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भयो । बैशाख १ गतेसम्म चल्ने महोत्सवमा नेपाल र भारतका मैथिली भाषी साहित्कार, भाषाविद् लगायतको सहभागिता छ ।