Responsive Ad Slot

latest

बैद्य पक्षले प्रचण्ड र भट्टराइको पुत्ला जलाउने I

Tuesday, April 10

/ by Anonymous
२८ चैत, काठमाडौं । माओवादी लडाकू, उनीहरु बस्दै आएको शिविर र हतियार मंगलबारबाटै नेपाली सेनाको मातहतमा आएको छ । प्रमुख तीन दलका शीर्ष नेतासहित सेना समायोजन विशेष समितिको मंगलबार बसेको आकस्मिक बैठकले लडाकू, हतियार एवम् कन्टेनर, शिविर र शिविरमा रहेका भौतिक सामाग्रीहरू आजैका मितिदेखि नेपाली सेना मातहत ल्याउने र सुरक्षाको जिम्मा पनि सेनालाई नै दिने निर्णय गरेको हो ।विशेष समिति सदस्य एवं सञ्चारमन्त्री राजकिशोर यादवले भन्नुभयो-’आजैका मितिबाट लडाकू, हतियार र शिविरहरु सेनाको मातहतमा ल्याउने निर्णय भएको छ ।’ हाल १५ बटा शिविरमा ९ हजार ७ सय ३ लडाकू बस्दै आएका छन् ।

यसअघि समायोजन र अबकासमा जाने लडाकूहरुको पुनर्बर्गीकरण समायोजनका लागि सम्भावित लडाकू, हतियार गरि चैत ३० गते सेनाको मातहतमा ल्याउने निर्णय भएको थियो । तर, समायोजन र अबकासमा जाने लडाकूहरुको पुनर्बर्गीकरणका क्रममा विभिन्न शिविरमा बैद्य पक्षीय लडाकूहरुले अबरोध गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा एकाएक हतियार र लडाकूलाई तत्काल सेनाको मातहतमा ल्याउने प्रस्ताव गर्नु भएको थियो ।

 प्रचण्ड प्रस्ताव अनुसार नै विशेष समितिको आकस्मिक बैठक बसेर निर्णय भएको हो ।विशेष समिति सदस्य रामशरण महतले लडाकू कमाण्डर र सचिवालयका अधिकारीहरुले नै असुरक्षित हुने अवस्था आएकाले निर्धारिय कार्यतालिका भन्दा पहिले नै लडाकू, हतियार र शिविर सेनालाई जिम्मा दिने निर्णय गर्नु परेको बताउनु भयो ।विशेष समितिको निर्णय लगतै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानसेनापति छत्रमान गुरुङलाई बोलाएर विशेष समतिले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । 

प्रधानमन्त्रीले प्रधानमन्त्रीले नेपाली सेना र माओवादी सेनाका लडाकुहरु दुवै एउटै नेपाल सरकारका सुरक्षा शक्ति हुन् भन्ने भावका साथ काम गर्न प्रधानसेनापतिलाई निर्देशन दिनुभएको हो ।प्रधानमन्त्रीले दुवैले सहकार्य गरेर अगाडि बढ्नु पर्छ भन्दै समायोजनको भाव सहितकाम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन लगतै तेस्रो भिडिजन चितवनको सुरक्षा जिम्मा सेनाले लिएको छ भने अन्य शिविरहरुको जिम्मा पनि सेनाले लिने तयारी भइरहेको श्रोतले बताएको छ ।

विशेष समितिको मंगलबारकै बैठकले समायोजनका लागि निर्धारण गरिएका केन्द्रमा समायोजन कार्य प्रारम्भ हुनु अघिसम्म लडाकूहरुलाई अबकास राज्ने दिने र विविध कारणले समायोजनमा जान नसक्ने लडाकूहरुलाई पनि स्वेच्छिक अबकास वा पुनःस्थापना राज्न मौका दिने निर्णय गरेको छ । यस्तै विशेष समिति अन्तरगतको सचिवालयका संयोजक बालानन्द शर्मासँगको परामर्शमा माओवादी सेनाका लडाकूहरूले पालना गर्नुपर्ने आचारसंहिता सरकारले जारी गर्ने निर्णय भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI