धावक पण्डितले सगरमाथा आरोहण गर्ने
२८ चैत, काठमाडौं । प्यूठान निवासी लामो दूरीका धावक सञ्जय पण्डितले यसै वर्षको मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।बत्तीस पुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा चैत २९ गते पण्डित सगरमाथा आरोहणका लागि काठमाडौंबाट प्रस्थान गर्ने जानकारी गराइयो । कार्यक्रममा गोल्डेनगेटका रमेश सिलवालले पण्डितलाई गोल्डेनगेटको झण्डा हस्तान्तरण गरेका थिए ।जिल्लामा प्रसिद्ध, स्वर्गद्वारी, गौमुखी, ऐरावती, भित्रीकोट, विजुलीकोट, तुषाराकोट, ओखरकोट, उदयपुरकोट जस्ता धार्मिक ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थानलाई सगरमाथाको उचाईबाट प्रबर्द्धन गर्ने लक्ष्यका साथ पण्डितले सगरमाथा आरोहण गर्न लागेका हुन् ।सफल आरोहण पश्चात पण्डित विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचोरोमा पुग्ने विश्वकै पहिलो एथलेटिक्स खेलाडी बन्ने धावक सञ्जय पण्डित सगरमाथा आरोहण अभियानका संयोजक अर्जुनकुमार कक्षपतिले दाबी गरेका छन् । यसअघि पण्डितले २१०० किलोमिटर दौडीसकेका छन् भने ६१८९ मिटर उचाईको आइस्ल्यान्ड पिकको सफल आरोहण गरिसकेको अभियानले जनाएको छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com