आश बहादुर परियार
तनहुँ, १ बैशाख
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले सेना समायोजनको विषयमा भएको सहमतिले जेठ १४ भित्रै संविधान बन्ने संकेत देखिएको बताउनुभएको छ । आज पूर्कोटस्थित ल्याण्डस्टार बोर्डिङ स्कुलको तेस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले सो भनाई राख्नुभएको हो । यस्तो अवस्थामा सम्पूर्ण राजनितिक दलहरु अझ बढी जिम्मेवारका अघि बढ्नुपर्ने बताउनुभयो । जेठ १४ मा संविधान बनेपछि मुलुक नया दिशामा अगाडि बढ्ने उहाँको धारणा छ । सो अवसरमा नेपाली कांग्रेसका सहसचिव सहदेव अधिकारी ,कोषाध्यक्ष छत्रराज भण्डारी ,सल्लाहकार सदस्य माधवबहादुर पन्त ,क्षत्रिय सभापति लक्ष्मी आचार्य , प्रेस युनियन तनहुँका अध्यक्ष डम्बर अधिकारीलगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । साथै , केन्द्रिय सदस्य भण्डारीले आजै वरभञ्जाङ–४ स्थित आमा समुहको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभएको प्रेस युनियन तनहुँका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।