तनहुँ, ३० चैत्र ।
युवा शान्ति संवाद केन्द्र तनहुँको आयोजनामा आज दमौलीमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । भावी संविधानका प्रस्तावित युवा सवालहरुका बिषयमा अन्र्तक्रिया तथा सुझाव संकलन कार्यक्रम गरिने भएको हो । कार्यक्रममा युवा क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका युवाहरुबाट संविधानको खाकामा रहेका युवा सवालका बिषयमा छलफल गरी सुझाव संकलन गरिने केन्द्रका कार्यक्रम संयोजक त्रिलोचन लम्सालले जानकारी दिनुभयो ।