गोरखा, ५ बैशाख
गोरखा जिल्लावाट हाल सम्म २१ हजार ५ सय ६६ जना युवाहरु राजगारीका लागी विदेशीएका छन् । ति मध्ये १६ हजार २ सय ५१ ले श्रम स्वीकृत लिई वैदेशीक रोजगारमा गएको र त्यसमा १६ हजार १ सय ५७ पुरुष र ९४ जना महीला रहेका छन् ।करीव ५ हजारको हाराहारीमा भने भारतमा रोजगारीको लागी गएको आज सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा जनाईएको छ ।वैदेशीक रोजगारीमा जाने मध्यमा नगरपालिका भित्रवाट सवैभन्दा वढि र थोरैमा विही गाविसका वासीन्दा रहेका छन् भने विदेशीएका हरुवाट वर्षेनी ५० करोड भन्दा वढी रेमीट्यान्स भित्रिने जनाएको छ ।जिल्ला प्रशाषन कार्यालका अनुसार मासीक २ सय जनाले पासपोर्ट वनाउने गरेका छन् ।