Responsive Ad Slot

latest

कतै जाडो कतै गर्मी, यस्तै रैछ मौसम अधर्मी

Tuesday, April 10

/ by Anonymous
२८ चैत, काठमाडौं । न धेरै जाडो न गर्मीको आनन्ददायक मौसम हुनुपर्ने चैत महिनामा कतै उखरमाउलो गर्मी त कतै कठ्याङ्गि्रँदो जाडोको अवस्थाले जनजीवन प्रभावित भएको छ ।चैतको तेस्रो सातासम्म क्रमशः तात्दै गएको काठमाडौँको मौसम विगत एक हप्तादेखि दैनिकजसोको हावाहुरी र वषर्ाले चिसिँदै गएको छ । 

वषर्ाले एक्कासि जाडो बढाएको छ भने राजधानीका अधिकांश सडकहरू कतै पानी जमेका त कतै हिलाम्मे भएका छन् ।नेपालगन्ज- प्रचण्ड गर्मी र तातो हावा -लू) सँगै बाँके जिल्लाको जनजीवन भने असामान्य बन्दै गएको छ । करिब ४० डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यावश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्किँदैनन् । 

प्रचण्ड गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री हृवात्तै बढेको पाइन्छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी आदि शीतल पदार्थ अधिक सेवन गर्ने गर्दछन् । चैतको अन्तिम सातादेखि हृवात्तै बढेको गर्मीले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५/४० जना सरुवा रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन ।भद्रपुर- उता झापामा भने चैतको दिनमा बढ्दो जाडोले गोरु बेचेर पाखी किनेको भन्ने उखानलाई चरितार्थ गरेको छ । 

यसवर्ष पटकपटक भइरहेको वषर्ाका कारण यतिखेर यहाँ माघ महिनाको जाडोको अनुभूति गराइरहेको छ । ‘माघ बित्यो जाडो गयो’ भन्ने सोचाई राखेर जाडोको लुगाका साथै ओढ्ने सिरकहरू थन्काएर राख्नेहरूलाई यतिखेर बढ्दै गएको जाडो छल्न पुनःप्रयोगमा ल्याउनुपर्ने अवस्था उत्पन्न भएको छ ।विगत दस दिनदेखि यहाँ पटकपटक प्रतिदिन वर्षा भइरहेको छ । आज बिहानदेखि निरन्तररूपमा भइरहेको मुसलधारे वर्षाका कारण पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षले मानिसहरूलाई आवतजावतमा समस्या पर्नुका साथै चौपायालाई समेत मारमा पारेको छ । अप्रत्यासितरूपमा भइरहेको वर्षाका कारण झापाका सरकारी कार्यालयहरूमा सेवाग्राहीको चाप अति न्यूनमा झरेको छ । मालपोत, नापी, जिल्ला प्रशासनलगायतका कतिपय कार्यालयहरू यतिखेर सुनसानमा परिणत भएका छन् ।

अत्यधिक वर्षाका कारण गहुँबालीको उत्पादनमा ह्रास आउने सम्भावना बढेर गएको किसानहरू बताउँछन् । गहुँबाली काटेर तयार गर्न राखिएको अवस्थामा वषर्ाले भिजेपछि गहुँ सड्ने सम्भावना बढेर गएको भन्दै किसान बाबुराम यादव भन्छन्- ‘गहुँको बोट सुकाउन एक हप्ता लाग्छ । तयार गरिए पनि पानीमा भिजेको गहुँको स्वादमा पनि अन्तर हुन्छ । भिजेको गहुँ जति गरे पनि पच्चिस प्रतिशत कुहिन्छ ।’यसका साथै वर्षले दलहनलाई पनि क्षति पुर्‍याएको छ । यो वर्षाबाट चैते धान र मकैबालीलाई भने फाइदा पुगेको किसानको भनाइ छ । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI