काठमान्डौ बैशाख १७ गते । भावी संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति खोज्नेबारेमा छलफल गर्न प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ । सेना समायोजन विशेष समितिको सचिवालय नयाँवानेश्वरमा केहीबेर जारी बैठकमा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शर्ीष्ा नेताहरुको सहभागिता छ ।
हिजो बसेको प्रमुख तीन दल र मोर्चाको बैठकमा राज्यपुनर्संरचनाको बारेमा छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । बैठकमा नेपाली काङ्ग्रेसले पार्टर्ीीत्र थप छलफलको आवश्यकता औँल्याएपछि हिजोको बैठक निष्कर्षा पुग्न नसकेको हो । अहिले बसिरहेको बैठकमा प्रदेशको सङ्ख्या निर्धारणमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रदेशको सङ्ख्यामा सहमति नजिक पुगेकोले नेपाली काङ्ग्रेस पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । सात प्रदेशको अडानबाट पछि हटेर एमालेले १२ प्रदेशको प्रस्ताव ल्याएपछि सहमतिको सम्भावना बढेको उहाँको भनाइ छ । माओवादीले १० र एमालेले १२ प्रदेशको प्रस्ताव ल्याएपछि ७ प्रदेशको अडान राख्दै आएको काङ्ग्रेसलाई सहमतिमा आउन दबाब परेको छ