Responsive Ad Slot

latest

लास्ट किस’को सेन्सर झमेला

Saturday, April 28

/ by Admin BHOLA THAPA

‘लास्ट किस’को सेन्सर झमेला

मनोरंजन 2012, Apr, 27th, Fri, 08:41:44am
नेपाली सिनेमामा अश्लिल संवाद र दृश्य बढ्दै गएपछि सेन्सर बोर्डले पनि कडाई गर्न थालेको छ । चलचित्र चपली हाईट अश्लिल शब्द र सेक्स सिनकै कारणले व्यापारिक रुपमा सफल भएपछि अहिले यस्ता किसिमका सिनेमा बनाउनेहरुको होड नै लागेको छ । यसैले पनि यसले समाजमा विकृति भित्र्याउन सक्ने भन्दै सेन्सर बोर्ड सजग भएको जस्तो देखिन्छ । यही क्रममा चलचित्र सेन्सर बोर्डले द लास्ट किस नामक सिनेमालाई सेन्सर गर्नबाट पछि हटेको छ ।
चलचित्रभित्र अत्याधिक मात्रामा किस सिन र अश्लिल संवाद भएको भन्दै सेन्सर बोर्डले द लास्ट किसको सेन्सर गर्न नमानेको हो । चलचिभित्र चुम्बनका दृश्य धेरै भएको भन्दै बोर्डले चुम्वनका दृश्य काटेर आउन निर्माणपक्षलाई भनेको छ । यस्तै चलचित्रमा प्रयोग गरिएका केही संवाद पनि अश्लिल भएको भन्दै बोर्डले यस्ता संवाद काट्न भनेको छ । बी।बी। फुयाँलको निर्देशनमा तयार भएको यो सिनेमाभित्र चुम्वनका दृश्य र संवाद निक्कै भद्दा लाग्ने खालका छन् ।
हेरौं चलचित्रमा समावेश यी दृश्य र संवाद काटेपछि द लास्ट किसको सेन्सर कसरी हुने हो । यदि यस्ता दृश्य र संवाद काटेपछि चलचित्रको मर्म मर्ने सम्भावना पनि रहेको छ । द लास्ट किस यही जेठको १२ गतेबाट रिलीजमा आउँदैछ । online khabar
Don't Miss
© all rights reserved
made with by netKUTI