Responsive Ad Slot

latest

बन्दले तराईको जनजीवन कष्टकर

Tuesday, April 24

/ by Anonymous
एनक्यु खबर संवाददाता
बुटवल , बैसाख १२ गते । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको तराई बन्दका कारण तराईको जनजीवन कष्टकर बन्यो । बन्दका कारण लुम्बिनी अञ्चलका तराई जिल्लामा यातायात, बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द रहेका थिए । बन्दका कारण ति जिल्लाको जनजिवन पनि प्रभावित भयो । बन्दको प्रत्यक्ष प्रभाव सवारी आवागमन, शिक्षण संस्था, उद्योग, कलकारखान लगायतमा परेको थियो । अव वन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नु पर्ने माग गर्दे महासंघले तराईका जिल्लामा वन्दको आह्वान गरेको हो । आदिवासी र जनजातिको परिचाहनमा प्रस्तावित प्रदेश घटाउन नपाइने, सात प्रदेश आदिवासीलाई स्वीकार्य नहुने, स्वशासन र आत्मनियर्णको अधिकार सुनिश्चित हुनपर्ने माग महासंघको छ । बन्दका कारण कपिलबस्तुका मुख्य वजार तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जितपुरमा वन्दको प्रभाव परेको थियो । लामो दुरीका सार्वजनिक सवारी साधन संचालन भएनन भने निजी र छोटो दुरीका सवारी साधन छिटपुट चलेका थिए । यता नवलपरासीमा बन्दको प्रभाव पूर्णरुपमा परेको थियो । बन्दका कारण दिनभर जिल्लामा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेनन । जिल्ला बन्दका क्रममा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI