आज बोलाइएको संविधानसभाको बैठक स्थगन गर्ने सहमति ।।
संविधानसभाको बैठक स्थगन हुने भएको छ । दलहरु सहमति प्रक्रियामा रहेकाले संविधानसभाको बैठक पछि सार्ने सहमति भएको छ । दिउँसो ३ बजे बोलाइएको बैठक सूचना टाँस गरी १४ गतेसम्मका लागि स्थगन गरिने भएको हो । दिउँसो
केहीबेर बसेको विवाद समाधान उपसमितिको बैठकमा नेताहरुबीच संविधानसभाको बैठक पछि सार्ने सहमति भएको काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । संविधानसभामा नियमावली संशोधन, संविधानसभाको बैठकका
विषयमा छलफल भइरहेको छ । आज बेलुका र भोलि विवाद समाधानका लागि गम्भीर छलफल गर्ने शीर्ष नेताहरुले बताएकाले संवैधानिक समितिको दुई दिन र संविधानसभाको बैठक तीन दिन पछि सारिएको हो ।
११ बैशाख काठमान्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतको सशस्त्र
केहीबेर बसेको विवाद समाधान उपसमितिको बैठकमा नेताहरुबीच संविधानसभाको बैठक पछि सार्ने सहमति भएको काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । संविधानसभामा नियमावली संशोधन, संविधानसभाको बैठकका
विषयमा छलफल भइरहेको छ । आज बेलुका र भोलि विवाद समाधानका लागि गम्भीर छलफल गर्ने शीर्ष नेताहरुले बताएकाले संवैधानिक समितिको दुई दिन र संविधानसभाको बैठक तीन दिन पछि सारिएको हो ।
बेपत्ता नागरिकको खोजी सरकार र पार्टीले गर्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।।
द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकहरुको खोजीका लागि सरकार र पार्टी प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज बिहान आफ्नै निवास लाजिम्पाटमा एकीकृत माओवादी निकट बेपत्ता योद्धाका परिवारहरुको भेटमा अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका नागरिकलाई तत्काल खोजी गर्न र तिनका परिवारलाई राहत उपलब्ध गराउन पार्टी क्रियाशील भएर लागेको
बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । भेटमा केही समयभित्रै बेपत्ता खोजविन आयोग गठन हुने र नागरिक बेपत्ता पार्ने उपर कानुनअनुसार नै कारवाही हुने उहाँले बताउनुभएको थियो ।
११ बैशाख काठमान्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको लोकतन्त्र बलियो जगमा उभिइसकेकाले मुलुक यसबाट कुनै पनि अवस्थामा पछि फर्कन नसक्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका जनक एवम् भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको जन्म सताब्दी वर्ष तथा २० आँै स्मृति दिवस समारोहमा उहाँले मुलुकका राजनीतिक नेताहरु लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि अभ्यस्त रहेकाले लोकतन्त्र विरोध जस्तोसुकै गतिविधिलाई पनि परास्त गर्न सक्षम रहेको बताउनुभयो । नयाँ संविधान लेखनको काम अन्तिम विन्दुमा पुगिसकेको बताउँदै वरिष्ठ नेता नेपालले संविधानका विवादित विषयमा दलहरुबीच आजै सहमति हुने दाबी गर्नुभयो । आमजनतामा रहेको निराशा र अविश्वासलाई विश्वासमा ल्याउने सङ्कल्पका साथ सहमतिका लागि छलफलमा जुटेको बताउँदै नेता नेपालले न्याय, समानता र लोकतन्त्रलाई एकैसाथ लैजान दलहरुले सहमतिको मिलनविन्दुमा पुग्नुको विकल्प नरहेको बताउनुभयो ।
बताउनुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । भेटमा केही समयभित्रै बेपत्ता खोजविन आयोग गठन हुने र नागरिक बेपत्ता पार्ने उपर कानुनअनुसार नै कारवाही हुने उहाँले बताउनुभएको थियो ।
लोकतन्त्रको जग बलियो भइसकेको एमाले वरिष्ठ नेता नेपालको दाबी ।।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि स्व. आचार्यले पु¥याउनुभएको योगदान सदासर्वदा नेपाली जनताले उच्च सम्मान गर्ने बताउनुभयो । त्यस्तै संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले स्व. आचार्यले सुरु गरेको आन्दोलनको जगबाट मुलुकमा परिवर्तनका अन्य आन्दोलन हुँदै आएको स्मरण गराउनुभयो । नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले संविधान समयमै जारी गरेर स्व.
आचार्यको योगदानको कदर गर्नेतर्फ लाग्न जरुरी रहेको बताउनुभयो । विसं १९६९ मङ्सिर १७ गते नवलपरासीमा जन्मनुभएका आचार्यको निधन २०४९ साल जेठ ११ गते भएको थियो । उहाँको अगुवाइमा १९९३ साल जेठ २० गते नेपाल प्रजा परिषद् नामक पहिलो राजनीतिक सङ्गठन गठन भएको थियो ।

कञ्चनपुरमा कुटपिटबाट युवकको हत्या ।।
केशव सावद,
११ बैशाख कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडा गाउँका एक युवकको स्थानीय युवाको समूहले हत्या गरेको छ । चार जनाको सङ्ख्यामा रहेको समूहको गएराति ३६ वर्षका तेजबहादुर महताको मझगाउँ नजिकै हत्या गरेको हो । सदरमुकाम महेन्द्रनगरबाट मोटरसाइकलमा घरतर्फ गइरहेका महतालाई मदिरा सेवन
गरेर सडकमा बसिरहेका युवाहरुले नियन्त्रणमा लिएर ढुङ्गा प्रहार गरी हत्या गरेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार महताको शव बाँसखेडा नजिकै पर्ने खोलामा फेला पारेका थियो । प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेको छ । हत्यामा संलग्न बाँसखेडाका उमेश नेपाली, मंगल रावत र रञ्जित रावतलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बलराम विष्टले जानकारी दिनुभएको छ । हत्यामा संलग्न महेश रावतको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेका तीनै जनाले प्रहरीसागको प्रारम्भीक बयानमा महतासँग विवाद भएपछि कुटपिट गरेर हत्या गरेको स्वीकार
गरेका छन । उनीहरुविरुद्व कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । हत्या गरिएका महताको शव महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टमपछि परिवारजनलाई बुझाइएको छ ।
रिता भट्टराई,

निःशुल्क वितरण गर्र्नुुपर्ने सुपानेट झुल बजारमा फेला ।।
११ बैशाख रौतहट ।गर्भवती तथा सुत्केरी महिलाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क वितरण गर्र्नुुपर्ने औषधियुक्त मेडिकेटेड सुपानेट झुल बजारमा फेला परेको छ । बिक्री गर्न नपाउने सुपानेट झुल जनस्वास्थ्यका कर्मचारीले बिक्री गरेको किन्ने
व्यापारीहरुले बताएका छन । कालाजार फैलिन सक्ने क्षेत्रमा गैर सरकारी तथा नेपाल सरकारको संयुक्त पहलमा रौतहटका ११ गाविसमा निशुल्क झुलको वितरण कार्यक्रम रहेको छ ।
व्यापारीहरुले बताएका छन । कालाजार फैलिन सक्ने क्षेत्रमा गैर सरकारी तथा नेपाल सरकारको संयुक्त पहलमा रौतहटका ११ गाविसमा निशुल्क झुलको वितरण कार्यक्रम रहेको छ ।
रौतहटको कालाजार प्रभावित गाविसका गर्भवती जाँच गराउन स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई निशुल्क वितरण गर्नका लागि नेपाल सरकारले जिल्ला स्वास्थ्य कार्यालय रौतहटलाई पठाएको मेडिकेटेड सुपानेट झुल गौर बजारका विभिन्न कपडा तथा औषधि पसलहरुमा प्रति गोटा १२ सय रुपैयाँमा बिक्री भइरहेको छ । गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा जचाउन आउनेलाई एक थान मेडिकेटेड झुल वितरण गर्नका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा गैर सरकारी सस्था जानकी महिला जागरण समाज धनुषाबाट दुई महिना अघि सातहजार चार सय थान सुपानेट झुल जनस्वास्थ्य कार्यालय गौरमा पठाएको थियो । अस्पतालकै कर्मचारीको मिलोमतोमा चार बोरा झुल स्थानीय पसलमा बिक्री गरी गोदामबाट झुल चोरी भएको बताइएको हो ।
एक महिनाअघि झुल चोरी भएको फाँटका प्रमुख चौधरीले बताउदै आए पनि जनस्वास्थ्य प्रमुख डा. अखलेश्वर सिहले चोरीको बिषयमा आफुलाइ कुनै जानकारी नभएको बताउनुभयो ।
ग्रामीण क्षेत्रमै पुगेर अपागं परिचयपत्र वितरण ।।
११ बैशाख कुश्मा, पर्वत । पर्वतको भोक्सिङ गाविसमा आइतवार अपाङ्गता परिचय पत्र वितरण शिविर सम्पन्न भएको छ । फरक क्षमता भएका व्यक्तिहरुलाइ सदरमुकाम सम्म आएर परिचयपत्र लिदा धेरै खर्च र अन्य समस्या समेत पर्ने हुदा गाउंमै पुगेर परिचयपत्र वितरण
गरिएको हो । भोक्सीङ, बालाकोट, बाच्छा, पाङग्राङ र लुङखुका गाविसका ३० जना अपाङ्गता भएका व्यतिmलाई परिचयपत्र वितरण गरिएको शिविरको महिला विकास कार्यालयले आयोजना र इन्प्रेड नेपाल पर्वतले सहजीकरण गरेको थियो ।

शिविरमा पुर्ण अपाङ्गता भएका रातो कार्ड पाउने ३ जना र अन्यले निलो र पहेँलो कार्ड पाएका थिए । सो अवसरमा महिला विकाश अधिकृत हरिलक्ष्मी मानन्धर, अपाङ्ग संजालका सल्लाहकार भोलानाथ शर्मा, जिल्ला अपाङ्ग संजालका अध्यक्ष यज्ञ प्रसाद पौडेल, सामाजिक परिचालक बल बहादुर श्रेत्री, भोक्सीङ गाविसका सचिव कृष्ण रिजाल लगाएतले शिविरमा सहजीकरण गर्नुभएको थियो ।
समाचार स्रोत सिआईएन