३० चैत झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा एक व्यक्तिको मृत्यु भएको छ । बेलडाँगी-१ को सेक्टर एफ-२ छाप्रो नम्बर १६७/१६८ बस्ने ३० वर्षीय टीका भनिने भीमबहादुर राईको हत्या भएको प्रहरीले जनाएको छ । राईलाई धारीलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमाटमका लागि मोरङको मङ्गलबारेमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ भने घटनाका बारेमा अनुसन्धान भईरहेको दमक प्रहरीले जानकारी दिएको छ ।
शवको पोष्टमाटमका लागि मोरङको मङ्गलबारेमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ भने घटनाका बारेमा अनुसन्धान भईरहेको दमक प्रहरीले जानकारी दिएको छ ।