बागलुङ बैशाख १७ गते । बागलुङको बर्ुर्तिबाङ स्थित परीक्षा केन्द्र नं. ३९२ उत्तरगंगा उच्चमाविमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । परिक्षा दिन भनि केन्द्रमा प्रवेश गर्ने क्रममा प्रहरीले विद्यार्थीहरुमाथि अनाबश्यक रुपमा धम्क्याउने र कुटपिट गर्ने गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएपछि झडप भएको हो ।
चिट खोस्ने क्रममा विद्यार्थीहरुको पैसा समेत लगेको तथा केहि विद्यार्थीहरुलाई कुटपिट गरेको भन्दै विद्यार्थीहरुले प्रहरीमाथि आधा घण्टा सम्म ढुङ्गामुढा र्रर् इट्टा प्रहार गरेका थिए । प्रहरीले भने शिक्षकहरु आन्दोलनरत रहेकाले चेकजाँचको सम्पर्ुण्ा जिम्मेवारी आफुहरुलाई दिईएकाले सामान्य चेकजाँच गर्दा केहि उक्षृङ्खल विद्यार्थीहरुले ढुङ्गामुढा गरेको प्रहरीले बताएको छ ।
सोहि विषयमा दिउँसो ३ बजेपछि विद्यार्थी, प्रहरी, शिक्षक र विद्यालय व्यवस्थापन समिति एवं अभिभावकको विचमा छलफल हुने भएको छ । बाग्लुङकै खबरमा राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि भन्दै दलित र ब्रामण सहितका विभिन्न ५ जातिको संयुक्त संर्घष्ा समिति बागलुङले आज जिल्ला प्रशासन कार्यलय मार्फ प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
संविधान सभाले सम्पर्ुण्ा जातिको हक अधिकार स्थापित गर्ने हाम्रो र राम्रो संविधान बनाउने संभावन क्षीण हुदै गएको भन्दै विभिन्न माग राखि क्षत्री समाज, ब्रहृमाण समाज, दर्शन समाज, दशनामी समाज र दलित समुदायको संजालले ज्ञापन पत्र बुझाएका हुन् ।