Responsive Ad Slot

latest

जग्गाको लालपुर्जा व्यवस्थापनको माग गर्दै आइतबारदेखि भिमाद–खैरेनी मोटरमार्ग सञ्चालनमा रोक ।।

Tuesday, April 17

/ by Anonymous


तनहुँ, ५ बैशाख

तनहुँको खैरेनीटार गाविस–९ शान्तिनगर भोटेपानीका अब्यबस्थित बसोवासीहरुले आफुहरु बसोवास गरेको घर जग्गाको लालपुर्जा व्यवस्थापनको माग गर्दै आइतबारदेखि भिमाद–खैरेनी मोटरमार्ग सञ्चालनमा रोक लगाएका छन् । आन्दोलनकारीहरुले खैरेनीटारको दोभान खोला किनार, खैरेनीटारको टँुडा र मिलडाडाँ भिमाद तर्फको प्रवेशद्वारको सडकमै धर्ना बसि लालपुर्जा नपाएसम्म यातायात सञ्चालन हुन नदिने बताएका छन्। अव्यवस्थित जग्गा समस्या समाधान तथा संघर्ष समितिले खैरेनिटारको वडा नं ९ अन्र्तगत भोटेपानी, शान्तिनगरमा बसोवास गर्दै आएका सबैलाई अनिवार्य उपस्थित गराई धर्नामा सहभागी गराएका छन् । अव्यवस्थित जग्गा समस्या समाधान तथा संघर्ष समितिका सचिव बिष्णु खत्रीले सडक अवरोध आन्दोलन बैशाख १० गते सम्म गरिने बताउनु भयो । समस्या समाधानका लागि सरकारले पहल नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिले जनाएको छ । सडक अबरोधका कारण पृथ्वीराजमार्गको खैरेनीटारबाट भिमाद हुँदै तनहुँको दक्षिण पश्चिम र तनहुँसंग जोडिएका नवलपरासीको उत्तरी भेग, पुर्वी पाल्पा र स्याङ्गजाका सिमाना जोडिएका गाविसका हजारौ यात्रु र खाद्यान्न लगायत मालसामान ढुवानीमा समस्या श्रृजना भएको छ ।  सरकारले हामीलाई आश्वासन मात्र दिने कार्यान्वयन नगर्ने भन्दै उनीहरु अझ आक्रोशित भएका छन् । यस अगाडी स्थानीय जग्गा दर्ता समन्वय तथा संघर्ष समिति खैरेनीटार–९ शान्तिनगर भोटेपानीका अध्यक्ष तेजवीर गुरुङ्ग, सचिव बिष्णु खत्रीद्वारा जारी बिज्ञप्तीमा बैशाख ३ गते देखी १० गतेसम्म उक्त मार्ग पुर्ण रुपमा बन्द गर्ने उल्लेख गरिएको छ । साथै आन्दोलनको कार्यक्रम अन्र्तगत खैरेनीटार गाविस पनि बन्द गराईएको छ । खैरेनीटार गाविस बन्द भए पछि सेवाग्राहीहरु मर्कामा परेका छन् । ८ सय रोपनी क्षेत्रफल रहेको जग्गामा करिब नौ सय घरधुरी, १ सामुदायिक २ वटा संस्थागत बिद्यालय सञ्चालन रहेका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI