३० चैत, काठमाण्डौ । सरकारले आह्वान गरेको काठमाण्डौं बिशेष सरसफाई अभियान अन्र्तगत बिहीवार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बागमतिको फोहोर उठाउनुभएको छ ।पत्नी हिसिला, छोरी मानुषी, मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिवसहित तिलगंगास्थित बागमति नदीमा प्रवेश गरेका प्रधानमन्त्री बेल्चाले फोहोर उठाउनुभएको थियो । गमबुट, पंजा र मास्का लगाई बेल्चा बोकेर नदी प्रवेश गरेका प्रधानमन्त्रीले त्यहाँ रहेको फोहोर उठाउनुभएको थियो ।
गत चैत २४ गते नयाँबानेश्वर स्थित संविधान सभा भवन अगाडीको सडक सरसफाई गरेर सरसफाई अभियानको सुरुवात गर्नुभएका भट्टराईले अभियान समापनको दिन बागमति नदीको सफाई गर्नुभएको हो । अभियानको अन्तिम दिन आज तिलगंगादेखि थापाथलीसम्मको बागमति नदी सफाई गर्ने काम भइरहेको काठमाण्डौं महानगरपालिकाले जनाएको छ । यसअबधिमा काठमाण्डौंको मुख्य चोक, सडक र नदी किनार सरसफाई गरिएको छ ।
सरसफाई अभियानका क्रममा काठमाण्डौ महानगरपालिकाका ३५ वटै वडाका टोल, सडक, गल्ली, खुल्ला स्थलको सरसफाईको काम अन्तिम चरणमा पुगेको र अभियानको औपचारीक रुपमा आज समापन भएपनि सरसफाईको कार्य भने नियमित रुपमा जारी रहने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।