३० चैत चितवन । युवाहरुको बाटो कुलत र दुब्र्यशन होइन चेतना र राष्ट्र निर्माण हो भन्ने मुल नाराका साथ बसन्तपुर युनाइटेड क्लवको आयोजनामा न्यु इएर कप फुटबल २०६९ माडीको बसन्तपुमा आयोजना भोलीदेखी सुरु हुदैछ । बैशाख १ गतेदेखी १२ गतेसम्म चल्ने प्रतियोगितामा चितवन जिल्लाको मात्र नभई नारायणी अञ्चलकै उत्कूष्ट नमुना रहेको आयोजक कमिटिका खेलकुद संयोजक नविन वस्यालले वताउनुभयो । खेलमा चितवन , तनहु , नवलपरासी , पर्सा , मकवानपुर रुपन्देही ,काठमाण्डौ र माडीका चारवटा गाविसका सेलेक्टेड टिमहरुको विच प्रतिस्पर्धा हुने बताईएको छ ।
खेलको तयारी पुरा भएको र भोलि एक कार्यक्रमका विच वसन्तपुर उदघाटन हुनेछ । करिव ४ लाख रुपैया लाग्ने अनुमान गरिएको खेलको विजेताले नगद ५१ हजार सहित शिल्ड मेडल प्रमाणपत्र र उपविजेताले २५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छ भने साथै उत्कूष्ट गोलकिपर , उत्कूष्ट डिफेन्स , उत्कूष्ट मिडफिल्ड , सर्वाधिक गोलकर्ता , अनुसासित टिम , अनुसासित खेलाडी र सर्वाेउत्कूष्ट खेलाडीलाई सम्मान गर्ने आयोजक क्लवका संञ्चार संयोजक सुबास लामिछाने जानकारी दिनुभयो । बसन्तपुर युनाइटेड क्लवले विगतका बर्ष झै यसवर्ष पनि यस खेललाई निरन्तरता दिन लागेको हो