कपिलवस्तुमा २ किलो चरेससहित एक जना पक्राउ ।
नेपाल समाचार 2012, Apr, 28th, Sat, 06:01:13am
प्रदीप चौधरी,
कपिवस्तु बैशाख १६ गते ।भारत लैजान लागेको
दर्ुइ किलो चरेससहित कपिलवस्तु प्रहरीले ओसार पसारमा संलग्न एक जनालाई
पक्राउ गरेको छ । चरेस लिएर भारतीय बजार छिर्ने क्रममा सीमा क्षेत्रबाटै
प्रहरीले बाग्लुङ निसी गाविसका ३७ वर्षा मनप्रसाद र्घर्तीलाई पक्राउ गरेको
हो । कृष्णनगर स्थित नेपाल-भारत सीमा क्षेत्रको लिंकगेटमा चेकजाँच गर्दा
चरेस फेला पारेको हो ।
पक्राउ र्घर्तीले चाउचाउको प्याकेट तथा
चुरोटको बट्टा भित्र चरेस लुकाएर राखेका थिए । प्रहरी उपरीक्षक सुरेश
बस्न्यातका अनुसार ओसार पसारमा संलग्न अभियुक्त र्घर्तीले ६ वटा चाउचाउ तथा
१४ वटा खुकुरी चुरोटको बट्टा भित्र चरेस लुकाएर ल्याएका थिए ।
यस अघि उनले सेाहि नाका बाट ९ किलो चरेश ४
पटक ओसार पसार गरिसकेको प्रारम्भिक बयानमा प्रहरीले उल्लेख गरेको छ ।
यसैबीच कपिलवस्तु प्रहरीले चन्द्रौटा-कृष्णनगर क्षेत्रबाट अवैध ६० लिटर
मदिरा पक्राउ गरि नष्ट गरेको छ । कृष्णनगर जाने बसमा राखिएका बेवारिसे
अवस्थाका अवैध घरेलु मदिरा इलाका प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा
लिएको थियो ।