Responsive Ad Slot

latest

अनिश्चितकालीन शैक्षिक हड्तालले देशभरका बिद्यालयहरुको पठन पाठन ठप्प I

Sunday, March 11

/ by Admin BHOLA THAPA
काठमाडौं, २८ फागुन ।
आन्दोलनरत शिक्षक संगठन र सरकारी पक्षकाबीच पटक पटक भएका बार्ता असफल भएपछि आजदेखि शिक्षक संगठाहरुले अनिश्चित कालीन आम शैक्षिक हड्ताल सुरु गरेका छन । हड्तालले देशभरका बिद्यालयको पठनपाठन ठप्प भएको छ । आजबाट देशभरका का बिद्यालहरुमा नर्सरीदेखि कक्षा १२ सम्मको सवै पठनपाठन कार्य बन्द गराईएको नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले जानकारी दिएका छन ।

हिजो बसेको नेपाल शिक्षक युनियन, नेपाल शिक्षक संघ, शैक्षिक गणतान्त्रीक मंच लगायतका संगठनहरुको संयुत्त बैठकले आज देखि अनिश्चितकालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको थियो ।
सरकार र आन्दोलनरत शिक्षकहरुका विचमा सहमति हुन नसक्दा यस बर्षको प्रवेशिका परिक्षा समेत अन्यौलमा परेको छ । सरकारले आफ्ना मागहरुमा सहमति नजनाउदा सम्म प्रवेशिका परिक्षामा आफुहरुको संलग्नता नरहने शिक्षकहरुले बताएपछि प्रवेशिका परिक्षा समेत भाड्निे संभावना बढ्दै गएको छ ।

शिक्षामन्त्रीले शिक्षकहरुसंगको बार्तालाई बेवास्ता गरेकाले प्रवेशिका परिक्षा अन्यौलमा परेको संघका महासचिव निरौलाले जानकारी दिनुभयो । आन्दोलन जारी राखे पनि सरकारसँगको बार्ताको ढोका भने खुल्ला राखेको उहाँले जानकारी दिनुभयो । अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले सरकारी वार्ता टोलीका संयोजक शिक्षामन्त्री दीनानाथ शर्मा वार्ता छाडेर सिन्धुलीतिर लागेपछि आफूहरू बाध्य भई पुनः आन्दोलनमा उत्रिएको बताउनुभएको छ ।

शिक्षक संगठनहरुले आम हड्ताल सुरु गरेकाले आज अपरान्ह २ बजे सिंहदरवारमा सभामुख, प्रमुख सचेतकहरु र शिक्षा मन्त्री संग हुने भनिएको बार्ता समेत अनिश्चीत बनेको छ । शिक्षक संघका महासचिव निरौलाले आफुहरु बार्तामा बस्न तयार रहेपनि शिक्षमन्त्रीले आजको बैठक नबसाउने रणनिति तयार गरीरहेको दाबी गर्नुभएको छ ।

शिक्षामन्त्री शर्माले बार्ता र आन्दोलन एर्कैसाथ नहुने बताएपछि दुबैपक्षलाई मिलाउन नागरीक समाज अगाडी बढ्नु पर्ने अवस्था देखिएको छ ।

शिक्षकको आम हड्तालका कारण विभिन्न जिल्लामा आज देखि शुरु हुने कक्षा आठको जिल्ला स्तरीय परीक्षा समेत प्रभावित हुने देखिएको छ भने केहि जिल्लामा सञ्चालन हुने भनिएको परीक्षा स्थगित भईसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI