Responsive Ad Slot

latest

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगराउन संचालकहरुको चलखेल I

Sunday, March 4

/ by Admin BHOLA THAPA

नारायण सापकोटा,
चितबन , २१ फागुन । कुनैपनि हालतमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराएरै छाड्नै पत्रकारहरु सम्वद्ध संघ सस्थाका प्रमुखहरुले निश्कर्श निकालेका छन् । नियमले निर्दिष्ट गरेको ऐन कार्यान्वयन गराउनको लागि पत्रकार महासंघ चितवनले गरेको आन्दोलनका क्रममा आइतबार भरतपुरका गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो निश्कर्श निकालिएको हो । सञ्चार माध्यम र प्रतिष्ठानमा काम गर्ने पत्रकार कर्मचारीहरुलाई ऐन वमोजिम सेवा सुविधा दिनु भनी सरकारले निर्देशन दिइसक्दा पनि चितवनमा लागु हुन सकेको छैन ।

जिल्लाका सञ्चार माध्यमले लागु नगरेपछि पत्रकार संग सम्वद्ध संघ सस्था र पत्रकार महासंघ कार्यान्वयनको लागि आन्दोलनमा उत्रेको छ । आन्दोलन अन्तर्गत आइतबार भएको छलफलमा प्रेस चौतारी नेपाल चितवन, क्रान्तिकारी पत्रकार संघ प्रेस यूनियन र पत्रकार महासघ चितवनका प्रमुखहरु बीच भएको छलफलमा यस्तो निश्कर्श निकालिएको हो ।
छलफलमा पत्रकारहरुले नियम संगत मागेको मागका विषयमा जिल्लाका सञ्चार माध्यमका सञ्चालकहरुले अनेक वहाना गरेर ऐन लागु गर्न नचाहेको बताएका छन् । छलफलमा पत्रकार महासंघ चितवनका अध्यक्ष जनक अर्यालले ऐन कार्यान्वयन नगराउन संचालकहरुले चलखेल गरिरहेको बताउनु भयो । पत्रकाहरु संघ एउटा कुरा र सञ्चालकहरु बीच अर्को कुरा गर्ने दोहोरो चरित्र देखाउनेहरु संघ श्रमजीवी पत्रकारहरु सचेत रहन आग्रह गर्नु भयो ।

ऐन लागु गराउनको लागि जस्तो सुकै परिस्थितिको सामना गर्न महासंघ तयार भएको बताउनु भयो । प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपालले ऐन कार्यान्वयन हुनै लागेको समयमा पत्रकारले उठाएको मागलाई दवाउन षडयन्त्र भइरहेकाले त्यसका विरुद्ध शसक्त आन्दोलन गर्ने बताउनु भयो ।

पत्रकारले जायज माग उठाइरहदा पनि मिडिया सञ्चालकले ऐन लागु गराउन नचाहे आन्दोलनबाट उव्जने परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयम सञ्चार संचालक हुने बताउनु भयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका जिल्ला संयोजक सुरशचन्द्र अधिकारीले तत्काल ऐन कायान्वयन गराउन आग्रह गर्नु भयो ।

छलफल कार्याक्रममा प्रेस यूनियन चितवनका सभापति वसन्त पराजुली, उपाध्यक्ष नारायण अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष रमेशकुमार पौडेल, सचिव राधेश्याम खतिवडा, प्रेस चौतारी चितवनका सचिव तीर्थ नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार संघ चितवनका अध्यक्ष सन्तकुमार चौधरी, परमेश्वर वतौलालगायतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन नचाहनेहरु वडारिएर जाने बताएका छन् ।

आन्दोलनलाई कमजोर ठानिए जिल्लाका सवै पत्रकारहरु एक भएर आन्दोलनमा उत्रने उनिहरुले बताएको थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI