निमकान्त पाण्डे,
दुबई ११ मार्च । देशको माया सगै जोडिएको हुन्छ गाऊ घर र जिल्लाको माया आखिर किन नहोस आफु हुर्केर दिन रात घुमेको ठाउ कसलाई पो प्यारो नहोला र रुत्यसैमा पनि प्रदेशको ठाउमा आफ्नै गाउ घरका साथीहरु नचिनेर परिचय हुदा अनौठै लाग्यो । लामो समय देखि युएईको पत्रकारितामा सहयोगी भूमिका खेल्दै आउनु भएको निमकान्त पाण्डेले चितवन समाज दुबई नामको फेसबुकको सहयोगबाट युएईमा रोजगारीका लागी छरिएर रहेका जील्लाबासी धरै साथीहरुलाई जानकारी गराउन पहल गरिएको छ ।
विदेशको ठाउमा एकै स्थानका साथीभाईहरु एकै देशमा रहेता पनि भेटघाट तथा परिचय हुने अबस्था नभएकोले यस समाजको माध्यम मार्फत भेटघाट तथा आपसमा परिचित बन्ने मौका मिल्ने चितवन बासीहरुको बुझाइ छ । युएईको हर कुनामा रहेका सम्पूर्ण चितवन बासीहरुलाई भेट गराएर परिचय सहित भेटघाट,आपसी सहयोग आदान प्रदान भाईचार बढाउदै सर सल्लाहलाई निरन्तरता दिने भएको छ ।
शुक्रबार २३ मार्चमा भएको पहिलो भेलामा चितवन बासीको राम्रो सहभागी रहेको थियो । युएईको बरदुबईमा पहिलो पटक यसरी धरै गा।बि।स। का साथीहरु एकै ठाउमा भेटहुन पाउदा निकै खुसी हुनु हुन्थ्यो । आउदो बसाइलाई बृहत रुपमा जिल्ला बासीहरु सहभागी गराई चितवन समाज युएईको कार्य समिति गठन गर्ने योजनाका साथ आउदो चैते दसैँ र नयाँ बर्षको अबसर पारेर मैत्री पूर्ण पिकनिक कार्यक्रम आयोजक समिति गठन गरिएको छ । नेपाल देखि आउने राष्ट्रिय कलाकारहरु पिकनिक कार्यक्रममा उपस्थित गाउने जाकारी सहभागी कलाकार साथीहरुले समाजलाई गराउनु भएको थियो ।
यही अप्रिल ६ तारिक दुबईको अती रमणीय स्थल जाबिल पार्क ९ट्रेड सेन्टर अगाडी ० पिकनिकको आयोजना गरिएको छ । पिकनिकमा युएईमा रहेका सम्पूर्ण जिल्ला बासीहरु लगायत अन्य नेपालीहरुलाई पनि उपस्थितिको लागी हार्दिक आग्रह गरिएको छ ।
