हरि बहादुर सारुमगर
तानसेन २९ फागुन । नेपाल मगर विद्यार्थी संघको १८औँ स्थापना दिबसको अवसरमा आज तानसेनमा वकतृत्वकाला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा तानसेन बहुमुखी क्याम्पसकी बसन्ती रानामगर प्रथम, जनता नमूना उच्च माध्यमिक विद्यालयका गम्भीर ठाडा द्धितीय र सोही विद्यालयका बिकास थापामगर तृतीय भएका छन् ।
वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापामगरले अधिकार सनिश्चितताको लागि सम्पूर्ण मगरहरु एकजुट हुनु पर्ने बताउनु भयो । यसैगरी नेपाल मगर संघका केन्द्रिय सदस्य मोहन थापामगरले मगर समुदाय भित्र रहेका बिकृति हटाउँदै शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।
नेपाल मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष धनी सारुमगरको अध्यक्षतामा चलेको कार्यक्रमा नेपाल मगर संघ पाल्पाका सचिव असबीर सारु, नेपाल पत्रकार महासंघ पाल्पाका कृष्ण दर्नाल, आदिबासी जनजाति पत्रकार संघ पाल्पाका सचिव हरि बहादुर सारु, नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष विष्णुमाया थापामगर, नेपाल मगर संघ तानसेन नगर इकाई समितिका उपाध्यक्ष धनसिं थापामगर, सन्तोष थापामगर, पुष्पा झेडीमगर, पुनम रानामगर, दुर्गा देंगा, सृजना चिदी लगायतले मगरहरुले शिक्षामा लगाव राख्नु पर्नेमा जोड दिदै बोलेका थिए ।