Responsive Ad Slot

latest

बेल्जियममा गणेश पूजा भव्य रुपमा सम्पन (फोटो फिचर) I

Monday, March 26

/ by Admin BHOLA THAPA
दिपक सुबेदी,
बेल्जियम २६ मार्च । काठमाण्डौमा आध्यात्मिक विश्व विध्यालय निर्माणार्थ बेल्जियममा गणेश पूजा भव्य रुपमा संपन्न भएको छ । बेल्जियमको लुवेन शहरमा आइतवार २५ मार्चका दिन नेपाली बाबा जगद गुरु पं तेजनाथ शर्मा द्वारा प्रवचन एव धार्मिक आस्था अनुसार विधिवत रुपमा गणेश पुजा संपन्न भएको हो ।
बाबाले भौतिक उन्नतितर्फ मात्र ध्यान दिदा मानव जिवन पद्धतिमा असन्तुलन आएकोले आध्यात्मिक ज्ञानबाट मानव जिवनलाई र पद्धतिलाई सन्तुलनमा ल्याउनुमा आफ्नो प्रयास र राष्ट्रिय शान्ति एव देशको सफलताको कामना गर्दै देश विदेशमा रहेका नेपाली  नेपाली विच एकता होस कायम होस् भन्ने चाहना रहेको बताउनु भयो । आफ्नो उक्त चाहना अनुरुप काठमाण्डौमा आध्यात्मिक विश्व विद्यालय, आध्यात्मिक अस्पाताल लगायत भगवती विन्दवासीनीको नौ तले मन्दिर निमार्ण गर्नका लागि आवश्यक जग्गा खरिद गर्न आर्थिक सहयोग संकलन अभियान अंतरगत बाबा दोस्रो पटक बेल्जियम आउनुभएको हो ।
यस अघि गत एन्त्रोपेनमा १७ मार्च २०१२ मा १०८ कन्या पूजा र २८ डिसेम्बर २०११ मा गणेश पूजा गरिएको थियो भने बेल्जियमका अन्य शहरहरुमा पनि बाबाले बिभिन्न पूजा आजा गर्ने जनाइएको छ । नेपाली साइबाबा परिवारको विशेस सकृयतामा संपन्न उक्त पूजामा एनआरएन बेल्जियम अध्यक्ष श्रीमती जानकी गुरुङ लगायत लुवेनबासी नेपाली महिला तथा पुरुष दाजुभाइ दिदी बहिनिहरुले पुजाआजा गर्दै भक्ती भजन गाउनुभएको थियो ।

पूजाको अन्त्यमा बाबा द्वारा उपस्थित बिभिन्न भक्त जन हरुको हात एव कुण्डली हेर्नु भएक्को थियो भने नेपाली लोक तथा भजन गायक नारायण धिताल लगायत ॐ शान्ती परिवारका भजन मन्डलिले मिठा मिठा भजन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चितवन सहायता समाज बेल्जियमकी संस्थापक अध्यक्ष श्रीमती सिता सापकोटाले पूजामा आउनुहुने संपूर्ण श्रद्दालु भक्तजनहरु लाई स्वागत गर्दै प्रवासमा रहेर यसरी नेपालिहरु एक साथमा मिलेर पूजा आजा गर्न पाउनु निकै गौरवको कुरा रहेको बताउनु भएको थियो । नेपाली बाबा बेल्जियम आउनुको उदेश्य र उहाको जीवनिका बारेमा प्रस्ट पार्दै एनआरएन बेल्जियम आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले आध्यात्मिक विश्व विद्यालय निमाणार्थ आर्थिक सहयोग गर्न उपस्थित संपूर्ण नेपाली भक्तजनहरु लाई आग्रह गर्नु भएको थियो ।
विधिवत रुपमा मन्त्र उच्चारण एव पूजा आरती गरी संपन्न उक्त गणेश पूजामा उपस्थित भक्तजन हरुले आध्यात्मिक विश्व विद्यालय निमाणार्थ भुमी दान स्वरुप १२० युरो देखी माथि सक्दो सहयोग गरेका छन ।

बाबाले बेलायत, अमेरिका, क्यानडा लगायतका बिभिन्न मुलुकहरुमा पूजा आजा गर्दै आध्यात्मिक विश्व विद्यालय निमाणार्थ आर्थिक संकलन गर्दै आउनुभएको छ । साथै बाबा द्वारा उक्त पूजा संपन्न गराउन पूजा हल र प्रसदी फलफुलको व्यवस्था एव खर्च ॐ शान्ती परिवारका महिला सदस्य यम कुमारी गुरुङ, स्‍मृतिराज भण्डारी, मिना खड्का र पुनम शर्मा ले गरेका थिए भने म्युजिक सिस्टम ईन्द्रधनुस् क्लब बेल्जियमले सहयोग गरेको थियो ।


यसरी हल भाडामा लिएर पूजा आजा गर्दै गर्दा भक्तजन एव पूजा आयोजकहरुले आफ्नै छुट्टै मन्दिर नहुँदा पूजाआजा अव बिभिन्न धार्मिक कार्यक्रमहरु गर्नका लागि समयमा हल नपाईने समस्या भोग्नु परेको गुनासो गर्दै बेल्जियममा नेपाली मन्दिर एव गुम्बा बन्नु पर्ने बताएका छन ।
Don't Miss
© all rights reserved
made with by netKUTI