Responsive Ad Slot

latest

जनप्रगतिशिल मंचमा आवद्द एनआरएन साउदीका सदस्यहरु द्वारा सामुहिक राजिनामा I

Thursday, March 1

/ by Admin BHOLA THAPA
साउदी अरब,फागुन १८ -विश्व भर रहेका नेपालीहरुको साझा संस्थाको रुपमा रहेको गरिमामय संगठन गैर आवासिय नेपाली संघ 'एनआरएन' नेपालीहरुको सबै भन्दा ठुलो र साझा सस्था हो । नितान्त गैर राजनैतिक उदेश्यका साथ यसको स्थापना गरिएको भए पनि राजनीतिक खेल बाट अछुत रहन भने सकेन एनआरएन । 

विश्व भर कारीव ५७ मुलुकमा स्थापना भएको एनआरएन भित्र प्राय सबै जसो निर्वाचित पदाधिकारीहरु राजनैतिक पृष्‍ठभुमी बाट आएका हुने हुँदा यसमा राजनैतिक् फुट शुरु हुन थालेको छ । यसको ज्वलन्त उदाहरण हो एनआरएन साउदी ।

नेपाली कांग्रेसलाई अधिनायकवादको नाइके र एमालेलाई त्यसको सहयोगिका रुपमा संझने एनेकपा मओबादी समर्थित प्रवासि संगठन नेपाली जन प्रगतिशिल मञ्च साउदीले आफ्ना प्रतिनिधि कार्यकर्ताहरुलाई एनआरएन साउदी बाट फिर्ता बोलाउने निर्णय गरेको छ ।


फेब्रुअरी २४ देखी नेपाली जनप्रगतिशिल मञ्च बाट प्रतिनिधित्व गरी NRNA साउदी अरबमा रहेका संपूर्ण सदस्यहरु आगामी मार्च ३ भित्र फिर्ता बोलाउने निर्णय जन प्रगतिशिल मञ्च साउदी अरबले गरे पश्चात एनआरएन साउदी लगायत समग्र एनआरएन नै झस्किएको छ ।

एनआरएन साउदीका सचिव डोर बहादुर कार्की, सदस्य नारन वाग्ले, सदस्य सूर्य बि.क, गरी तीन जनाको सामुहिक राजिनामा मागिएको हो ।

सामुहिक राजिनामा सहितको पत्र

अध्यक्षज्यु
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, साउदी अरब

मिति २४ फेब्रुअरी २०१२ का दिन नेपाली जन प्रगतिशिल मञ्च साउदी अरबको पुर्ण बैठकले नेपाली जनप्रगतिशिल मञ्च बाट प्रतिनिधित्व गरी NRNA साउदी अरब मा जानुभएका संपुर्ण साथीहरू आजका मिति देखी ३ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको जानकारी गराउदछौं ।


कमल महत
उपाध्यक्ष

नेपाली जन प्रगतिशिल मञ्च
साउदी अरब


२५ फेब्रुअरी २०१२

अध्यक्षज्यु

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद,
साउदी अरब


बिषयः सामुहिक राजिनामा


नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबमा आवद्ध हामी तपसीलका ३ जनालाई एनआरएनएबाट ३ दिनभित्र फिर्ता आउन हाम्रो संगठनको गतः २४ फेब्रुअरी २०१२ मा जुबैलमा बसेको पुर्ण बैठकले निर्णय गरेको हुंदा संगठनको निर्णय आत्मसाथ गर्दै यो ‘संयुक्त राजिनामा’ पेश गरेका छौं ।

१. डोर बहादुर कार्की, सचिव

२. नारन वाग्ले, सदस्य

३. सूर्य बि.क., सदस्य


संगठनले एनआरएनएबाट फिर्ता बोलाउनुका कारणहरू निम्न प्रकार छनः


(क) यो संघमा स्थापना काल देखि नै दलाल, शोषक, पूंजिपति, फटाहा र कमिशनखोरहरूकै बर्चश्व र हालीमुहाली रहेको

(ख) त्यो सबै देख्दा देख्दै पनि खासगरी खाडीमा रहेका नेपाली कामदारहरूका पक्षमा यो संघले केही त गर्छ कि भनी सहभागी बनेकोमा त्यस्ता कुनै ठोस कामहरू नदेखिएको, संघ यथास्थितीमै रूमल्लिरहेको

(ग) संघभित्र एकाध प्रगतिशिल मित्रहरूले उठाएका परिवर्तनकारी आवाजहरूको कही कतै पनि सुनुवाई नभएको

(घ) एनआरएनएमा माओवादी बिचारधारा बोकेकाहरू प्रति शंका, पुर्बाग्रह र यदाकदा शत्रुवत ब्यवहार गर्ने गरेको, उनीहरूलाई संघमा निशेध या अवरोध गर्नेगरी नीति, नियम बनाएको, न्युन आय भएका श्रमजिबी कामदारहरूको सहज पहुंच नपुग्ने गरी सांगठनिक संरचना, सभा, सम्मेलन र कार्यक्रमहरू गरी रहेको ।

उपरोक्त प्रतिकूल परिस्थितीका बावजुद पनि यस संघले नेपाली श्रमजिबी कामदारहरू र मुलुकको हितका लागि इमान्दारिता पुर्बक कुनै कार्यक्रमहरू ल्याएमा सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
Don't Miss
© all rights reserved
made with by netKUTI